राजनीति

त्रियुगा नगरपालिका १० को वडाध्यक्षमा गोलाप्रथाबाट एमालेका पाण्डे विजयी

उदयपुर, १६ जेठ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १० को वडाध्यक्षमा गोलाप्रथाबाट नेकपा एमालेका उम्मेदवार किरण पाण्डे विजयी भएका छन् ।
वडा अध्यक्ष पदमा एमाले उमेदवार किरण पाण्डे र नेपाली कांग्रेसका उमेदवार प्रकाश खड्काको मत बराबरी भएपछि नतिजा रोचक बनेको हो। बराबरी मत आएपछि गोलाप्रथा मार्फत वडा अध्यक्ष चयन गर्ने प्रक्रिया अनुसार गोलाप्रथाबाट एमालेका पाण्डेले जितेका हुन।
नेकपा एमालेका पाण्डेले १०५३ मत ल्याए र नेपाली कांग्रेसका खड्काले पनि १०५३ मत प्राप्त गरेका थिए। मत बराबरी आएपछि जीतको टुङ्गो लगाउन गोलाप्रथा गरिएको थियो।
त्रियुगामा मेयर पदमा नेपाली कांग्रेसका बसन्त बस्नेत र उपमेयरमा नेकपा एमालेका महेश्वरी राई निर्वाचित भएका छन् । मुख्यनिर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page