कञ्चनरुप, १८ जेठ । सप्तरीको छिन्नमस्ता गाउँपालिकाको गाउँ कार्यपालिका सदस्यको चुनावमा नेकपा (एमाले), लोसपा नेपाल र जनमत पार्टीको संयुक्तका उम्मेदवार पुरै प्यानलसहित विजयी भएका छन् । नेकपा एमालेबाट ३, लोसपाबाट २ र जनमतबाट १ जना गरी ६ जना गाउँ कार्यपालिका सदस्य पदमा विजयी भएका छन् ।
छिन्नमस्ता गाउँपालिकाको बुधबार भएको कार्यपालिकाको निर्वाचनबाट महिला सदस्यहरुमा एमालेबाट गाववती दास २५ मत, विना देवी शर्मा २४ मत, लोसपाबाट जानकीदेवी राम २६ मत, जनमतबाट जसोदेवी राउत २३ मत, दलित अल्पसङ्ख्यक सदस्यहरुमा एमालेको तर्फबाट विलेक्षण रजक २४ मत, लोसपाको तर्फबाट तिर्थ नारायण राय २५ मत ल्याई विजयी हुनु भएको छ ।
जम्मा मतदाताहरुको संख्या ३७ रहेको छ ।
जम्मा ७ वडा रहेको छिन्नमस्तामा लोसपा बाट गाँउपालिका अध्यक्षमा विध्यानन्द चौधरी, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी राजुदेवी यादव सहित २ वटा वडा अध्यक्ष, नेकपा एमालेको २ वटा वडा अध्यक्ष, जसपाको १ जना वडा अध्यक्ष, जनमतको १ जना वडा अध्यक्ष, नेकपा समाजवादीको १ जना वडा अध्यक्ष निर्वाचित भएका छन् ।
Add Comment