खगेन्द्र कार्की
फत्तेपुर, १८ जेठ । सप्तरीको सप्तकोसी नगरपालिकाको कार्यपालिका चुनावमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको गठबन्धनका उम्मेदवार विजयी भएका छ्न।
सप्तकोसी नगरपालिकाको मंगलबार भएको कार्यपालिकाको निर्वाचनबाट ३ जना दलित वा अल्पसंख्यक सदस्य र ५ जना महिला सदस्यहरू गरी ८ पदका लागि चुनाव हुँदा एमाले र माओवादी गठबन्धनका उम्मेदवार बिजयी भएका हुन ।
दुई बामपन्थी दलबीचको गठबन्धनबाट नेकपा एमालेकी महिला सदस्यमा मनोकुमारी चौधरी , शान्ति देवी यादव, संजु कुमारी चौधरी ,संझा कुमारी चौधरी र नेकपा माओवादी केन्द्रबाट महिला सदस्यमा प्रभा कुमारी चौधरी विजयी भएकी छन् । यस्तै दलित वा अल्पसंख्यक सदस्यमा एमालेबाट राजेन्द्र बिक र माओवादी केन्द्रबाट रमेश प्रसाद शाह ,ललिता देवी खङ विजयी भएका छन् ।
गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ११ वटा वडा रहेको सप्तकोसीमा नेपाली कांग्रेसले नगर प्रमुख, उपप्रमुख, ६ वटा वडा अध्यक्ष सहित २८ वटा पदमा निर्बाचित भएको थियो भने एमाले ४ वटा वडा अध्यक्ष सहित २३ वटा पदमा निर्बाचित भएको थियो । नेकपा माओवादी केन्द्रले एउटा वडा अध्यक्ष सहित ६ वटा पदमा जित हासिल गरेको थियो।
एमाले र माओवादी गठबन्धनका तर्फबाट सप्तकोसी नगरपालिकामा ५ जना निर्वाचित मध्यबाट र ३ खुल्ला गरी ८ जना महिला, दलित वा अल्पसंख्यकको तर्फबाट नगरकार्यपालिका सदस्य पदमा निर्बाचित भएका छ्न्। नगरप्रमुख उपप्रमुखसहित ११ जना वडा अध्यक्ष गरी १३ जना र निर्वाचित थप ८ जना गरी जम्मा २१ जनाको नगरकार्यापालिका गठन भएको छ ।
जसमा एमाले माओबादि गठबन्दन बाट १३ जना कार्यपालिका सदस्य छ्न भने नेपाली काङ्ग्रेस बाट ८ जना कार्यपालिका सदस्य रहेका छ्न।
Add Comment