समाचार

अपराधिक क्रियाकलाप नियन्त्रणमा गाउँपालिकाको पुर्ण सहयोग रहन्छ : उपाध्यक्ष चौधरी

बृजमान तामाङ
विरेन्द्र बजार ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकाका उपाध्यक्ष कल्पना कुमारी चौधरीले गाउँपालिकामा हुने अवाञ्छित तथा अपराधिक क्रियाकलाप नियन्त्रणमा प्रहरीलाई पुर्ण रुपले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन ।
इलाका प्रहरी कार्यालय महुलीद्वारा शनिबार आयोजित परिचात्मक तथा अवाञ्छित गतिविधि चोरी ,लागू औषध, एवम मदिरा नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिबद्वता व्यक्त गरेकी हुन ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले गाउँपालिकामा बढदै गएको अबैध गतिविधि र अपराध नियन्त्रणमा प्रहरीले देखाएको सक्रियताको प्रसंशा गरिन । गाउँपालिकामा शान्ति सुरक्षा कायम गर्न प्रहरी मात्रको एकल प्रयासले हुदैन, उपाध्यक्ष चौधरीले भनिन, भयरहित समाज निर्माणका लागि सबैको सामुहिक सहयोग आबश्यक छ । युवा पुस्तामा लागू औषध दुर्व्यवासनी तथा दिनदाहाडै मदिरा सेवानकर्ताहरु वृद्धि हुँदै गरेको प्रती चिन्ता गर्दै कार्यक्रमका विशिष्ट अतिथी उपाध्यक्ष चौधरीले गाउँपालिकामा हुने अवाञ्छित तथा अपराधीक गतिविधि तथा चोरी,लागुऔषध एवम मदिरापान नियन्त्रण जस्ता अबैध र अपराधीका क्रियाकलाप नियन्त्रणमा गाउँपालिकाले पुर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन ।

इलाका प्रहरी कार्यालय महुलीका नवागंतुक प्रमुख प्रहरी नायब निरीक्षक मो सागिर राईनले सौर्स, पैरवी मुक्त निष्पक्ष सेवाकालागी आफू प्रतिबद्ध रहेको बताए । प्रहरीसेवामा सर्वसाधारण जनताको पहुँच आबश्यक छ, प्रनानी राईनले भने, कुनै प्रकारको उजुरी निवेदन र समस्या लिएर सिधै प्रहरी कार्यालयमा सम्पर्क गरे सेवाको प्रदानमा प्रहरी तत्पर छ । प्रहरीमा सिधा सम्पर्क गर्न दिनुस कुनै जनप्रतिनिधि वा नेता ज्युले पैरवी नगरिदिनुस । नवागंतुक प्रनानि राईनले प्रहरी कार्यालयमा खानेपानी, गाडी सहितका धेरै प्रकारको अभावले चुस्त सेवाप्रवाहामा समस्या भएको बताए ।
उनले प्रहरी पनि जनताको सुरक्षामा दिनरात खटिने भएकोले पालिकाबाट पाउने सेवासुबिधा र शान्ती सुरक्षा कायम गर्न कार्यमा सहकार्यको लागि अनुरोध गरे । लागुऔषध प्रयोग एवम सेवन र मदिराको खुला विक्रीवितरणले चोरी लगायतका अपराधिक गतिविधिमा बढावा दिएको भन्दै उनले अबैध लागुऔषधको प्रयोग र सेवन गर्ने तथा राती ८ बजे भन्दा पछी मदिरा विक्रीवितरण, सेवन गरेको पाईएमा कारबाही गर्ने बताए ।

नवागंतुक प्रनानि राईनको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष सवदुल खलिफा, २ का अध्यक्ष पशुपति प्रसाद चौधरी, ३ का गोपाल प्रसाद चौधरी, ४ का तेज नारायण यादव, ६ का कार्यबाहक अध्यक्ष तेतर चौधरी, समाजसेवी दिब्यराज सुवेदी, भुवन आचार्य, संचारकर्मी प्रिया सिंह थारुले मनतव्य व्यक्त गर्दै नवागंतुक प्रहरी प्रमुख राईनको सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षका प्रत्यासी उम्मेदवार रघु कुमार सिंह थारू, नेपाली काँग्रेसका क्षेत्रीय सभापति दुर्गा भट्टराई, जनमत गाउँपालिका अध्यक्ष ललित कुमार यादव, एमालेका गाउँपालिका सचिब विनोद चौधरी, होटल ब्यबसायी डिल्लीराज अधिकारी, मावि जण्डोलका प्रधानाध्यापक कामेश्वर मण्डल लगायतले समेत शुभकामना मनतब्य व्यक्त गरे ।
कार्यक्रमको संचालन पत्रकार बृजमान तामाङले गरेका थिए । कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरु, राजनैनिक दलका नेताहरु, होटेल ब्याबसायीहरु, शिक्षक, संचारकर्मीहरुको सहभागीता रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page