समाज

सप्तरीको कठौनामा करेन्ट लागेर एक महिलाको मृत्यु

सप्तरी, २२ जेठ । सप्तरीको कठौनामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
आज (आइतबार) शम्भुनाथ नगरपालिका वडा नम्बर ४ की ३० वर्षीय नजिरा खातुनको मृत्यु भएको हो ।
पङ्खा चलाउन मल्टिप्लकमा ज्याक लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाईते भएकी खातुनको स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्ने क्रममा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
मृतकको शव पोस्टमार्टम लागि सिरहाको लहान अस्पताल लगिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page