समाज

सप्तरीमा आज माइक्रो पल्टिँदा १ जनाको मृत्यु, १० जना घाइते

सप्तरी, २४ जेठ । सप्तरीमा आज (मंगलबार) माइक्रो पल्टिँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
सिरहाको लहानबाट राजविराजतर्फ आउँदै गरेको प्र ३–००१ ज ०२७७ नम्वरको माइक्रो बस सप्तरीको रुपनी गाउँपािलका–५ स्थित बसविट्टीमा अनियन्त्रित भएर पल्टिँदा रुपनी गाउँपालिका–१ नकटी रायपुरकी ६५ वर्षीया तारावतीदेवी यादवको मृत्यु भएको छ ।
गम्भीर घाइते भएकी यादवको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
दुर्घटनामा परी अन्य १० जना घाइते भएका छन् । घाइते सबैको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page