डम्वर राई /
कञ्चनरुप, जेठ २७ गते । सप्तरीको कञ्चनरुप नगरपालिका ९ स्थित रुपनगर चौकमा फिटनेश सेन्टरको स्थापना भएको छ ।
शुक्रवार एक कार्यक्रम वीच सेन्टरको उदघाटन गर्नुहुदै नेपाल कम्युनिष्ट पार्टी एमालेका पोलिटव्युरो सदस्य सुमनराज प्याकुरेलले अप्राकृतिक दृष्टिकोणले गर्दा अबको समयमा व्यायामको आवश्यकता रहेको बताए ।
उद्घाटन समारोहका प्रमुख अतिथी प्याकुरेलले भने, शारीरिक व्यायाम फिटनेश सेन्टर रुपनगरमा जुन रुपले स्थापना गरीयो सप्तरी जिल्लामै एकमात्र हो । उनले सेन्टरको प्रोप्राइटर दिनेश भुजेललाई विशेष धन्यवाद दिँदै स्वास्थ्यका लागि उपयोगी यस फिटनेश सेन्टरलाई उत्तरोत्तर शुभकामना प्रदान गरेकाछन् ।
यस्तै नेकपा एमालेका प्रदेश सदस्य तथा कञ्चनरुपका निवर्तमान नगरप्रमुख बसन्त कुमार मिश्रले खेल जगत स्वास्थ्यका लागि मात्र नभएर विश्वका अनेकौं राष्ट्रसंग सम्बन्ध जोड्ने माध्यम हो भन्दै आफ्नो कार्यकालमा मदन भण्डारी खेलग्रामको शिलान्यास गरी कार्य संचालनमा ल्याएको बताए । उनले भने, यसै वडामा अवस्थित एक सय २४ विघा जग्गामा डिपिआर गराई मैदानलाई व्यवस्थित र भवनको कामको सुरुवात गर्नै अन्तिम चरणमा पुगेको छ । आफ्नै आर्यकालमा काम सुरु गरेर खेलग्रामलाई पूर्णता दिने सोंचका साथ लागिपरें तर वनले केहि वाधा पारेकोले समय ढिलाई भयो उनले थपे । युवाहरुका लागि फिटनेश सेन्टर अति उत्तम मानिने र यो जीवनका लागि पनि सहयोगी हो तसर्थ यसलाई सबैबाट सहयोग अपरिहार्य छ र कञ्चनरुपको विकासका लागि यो नमुना बन्ने छ ।
प्रोप्राइटर दिनेश भुजेलले नाफा लिने उदेश्यले भन्दापनि यहाँका युवाहरुलाई कुलत व्यवहारबाट जोगाउँन यो सेन्टर खोलेको बताए । उनले भने, यस सेन्टरले प्रत्येक बर्ष प्रतियोगिता गर्ने र काठमाण्डौमा हुदै आएको धर्मश्री प्रतियोगितामा एकजना प्रथिनिधी पठाउँने लक्ष राखेको छु ।
धर्मश्री प्रतियोगितामा विजेता हुनेलाई ३५ लाख नगद पुरस्कार प्रदान गरिदै आएको भुजेलले जानकारी गराए । उक्त प्रियान्स फिटनेश सेन्टरमा स्वास्थ्य सम्बन्धि सबै खालको व्ययामहरु गराइने बताइएको छ ।
उक्त सेन्टर संचालनमा २१ लाख लगानी गरेको उनले बताए । अहिले सामान खरिदमा १८ लाख लागेको छ ,उनले भने, डेकोरेशन सहितको अन्यखर्च जोड्दा कुल २१ लाख जति लगानी पुगेको छ ।
युवा संघ कञ्चनरुप नगरपालिकाका संयोजक जैनुद्विन मियाँद्वारा संचालित कार्यक्रममा कञ्चनरुप नगरपालिकाका मेयरका प्रत्यासी उम्मेदवार मो. कलिम, उप्रमुखका प्रत्यासी कल्पना चौधरी, वडा नम्बर १२ का वडा अध्यक्ष देवी बहादुर खत्री, जिल्ला फुटबल संघ सप्तरीका अध्यक्ष राज कुमार परियार लगायत स्थानीय बुद्विजिवी, पत्रकारहरुको उपस्थित रहेको थियो ।
Add Comment