समाचार

महुली लघुवित्तको ९ औं वार्षिकोत्सवको अवसरमा वृक्षारोपण

बृजमान तामाङ /
विरेन्द्र बजार, ३० जेठ ।
महुली लघुवित्त वित्तीय संस्था महुली शाखाले सोमबार नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।
संस्थाको ९ औं वार्षिक उत्सवको अवसरमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा बृक्षारोपण गरेको हो ।
शाखाका म्यानेजर डम्बर नारायण यादवको अध्यक्षता तथा अग्निसाईर किष्णासवरण गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीको प्रमुख आतिथ्य एवम् उपाध्यक्ष कल्पना कुमारी चौधरी विशिष्ट अतिथी रहेकी थिइन् ।

कार्यक्रममा नवनिर्वाचित गाउँपालिका अध्यक्ष चौधरी, उपाध्यक्षलगायतका जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।
सो अवसरमा वृक्षारोपण समेत गरिएको म्यानेजर यादवले जानकारी दिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page