विराटनगर, ३० जेठ । इटहरी क्षेत्रमा पसेको जंगली चितुवा ८ घण्टापछि नियन्त्रणमा लिइएको छ ।
इटहरी उप–महानगरपालिका वडा नम्बर ६ र ९ क्षेत्रमा बिहान पसेको जंगली चितुवा ८ घण्टापछि नियन्त्रणमा लिइएको हो ।
चितुवालाई नियन्त्रणमा लिन पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय प्रदेश नम्बर १ र कोशी टप्पु बन्यजन्तु आरक्षको प्राविधिक टोली इटहरी आएका थिए । चितुवालाई बेहोस बनाउन डार्ट हानिएको थियो ।
नियन्त्रणमा लिइएको चितुवालाई डिभिजन वन कार्यालय सुनसरीलाई जिम्मा दिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक संजयसिंह थापाले जानकारी दिनुभयो । चितुवालाई चितवन राष्ट्रिय निकुन्ज पठाइने जनाइएको छ ।
नियन्त्रणमा लिइएको चितुवा अन्दाजी ४० केजी र २ बर्ष उमेर भएको जनाइएको छ ।
Add Comment