समाचार

सप्तरीमा असार १ गते बाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सुरु

कञ्चनरुप (सप्तरी), ३१ जेठ । सप्तरीमा मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य असार १ गते बाट सुरु हुने भएको छ ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीले आज (मंगलबार) एक सूचना जारी गर्दै मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य असार १ गतेदेखि सुचारु गरिएको जनाएको छ ।
जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीले जारी गरेको सूचनामा भनिएको छ – मतदाता नामावली तथा अध्यावधिक कार्य यही मिति २०७९ असार १ गते देखि शुरु हुन लागेको हुँदा नाम दर्ता गर्न, विवरणमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदान स्थल परिवर्तन गर्न, दोहोरो परेको नाम हटाउन निवेदन दिन तथा पुरानो परिचयपत्र भएको तर कुनै कारणले मतदाता नामावलीमा नाम नरहेको व्यक्तिले समेत नाम दर्ता गराउन हुन कार्यालयले अनुरोध गरेको छ ।
साथै अन्य जिल्ला स्थायी ठेगाना भई सप्तरी जिल्लामा पेशा, व्यवसायको कारणले बसोबास गरिरहेको व्यक्तिले प्रमाणसहित आफ्नो जिल्लाको स्थायी ठेगानामा नाम दर्ता गराउनका लागि जिल्ला निर्वाचन कार्यालयबाट नाम दर्ता गराउन समेत निर्वाचन कार्यालयले अनुरोध गरेको छ ।
असार १ गतेदेखि प्रारम्भ हुने कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय सप्तरी, ईलाका प्रशासन कार्यालय कंचनपुर र बोदेबर्साईनबाट मतदाता नामावली दर्ता गर्न सकिने सुचनामा उल्लेख गरिएको छ ।
आवश्यक जानकारीः
कहाँ कहाँबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सकिन्छ ?
जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय सप्तरी, इलाका प्रशासन कार्यालय कञ्चनपुर र इलाका प्रशासन कार्यालय बोदेबरसाईनबाट समेत हुने व्यहोरा जानकारी गराउँदछौं ।
मतदाता नामावलीमा नाम दर्ता गराउन के के चाहिन्छ ?
सक्कल नागरिकता प्रमाणपत्र , नागरिक्ता प्रमाणपत्रको छाँया प्रति ।
महिलाको हकमा बिहे भन्दा पहिले नागरिक्ता लिएको भए ?
सक्कल नागरिकता प्रमाणपत्र, विवाह दर्ताको छायाँ प्रति ।
नागरिकताको ठेगाना भन्दा अन्यत्र स्थानबाट बसाई सरी आए गएको हकमा ?
सक्कल नागरिकता प्रमाणपत्र, नागरिक्ता प्रमाणपत्रको छायाँ प्रति, बसाई सराईको प्रमाणपत्र र छायाँ प्रति ।
मतदाता नामावलीमा भएको ठेगाना परिवर्तनको लागि के के चाहिन्छ ?
मतदाता परिचयपत्रको छायाँप्रति, नागरिकता प्रमाणपत्रको छायाँप्रति, हाल ठेगाना परिवर्तन गर्न लागेको ठाउँको बसाई सराई लगायतका अन्य प्रमाण कागजात ।
नोटः सक्कल नागरिकता प्रमाणपत्र विना नाम दर्ता गरिने छैन ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page