समाचार

वैदेशिक रोजगार कार्यक्रममा स्थानिय तहले पनि सहयोग पु¥याउने

डम्बर राई /
कञ्चनरुप, असार ३ गते ।
बैदेशिक रोजगारका लागि स्थानिय तहले परामर्श दिने र कानुनी प्रक्रिया तथा वित्तिय लगायतका कार्य व्यवस्थापनको कक्षालाई थप सुधारमा ल्याउने भएको छ ।
कोहि नठगिउन, विभिन्न झुट्टा लाञ्छना र विदेशमा पुगेर विभिन्न कारणवश कामै नपाई फर्केर आउनुपर्ने तथा काम गरेरपनि पैसा नपाउने लगायतका समस्याबाट जोगिन कञ्चनरुप नगरपालिकाले वैदेशिक रोजगार सम्बन्धि प्रोफाइल निर्माण गरी प्रत्येक वडामा वैदेशिक रोजगारमा जानेलाई परामर्श दिने वा कानुनी प्रक्रिया सम्बन्धि जानकारी गराइने भएको हो । साथै विदेशबाट पठाएको पैसा परिवारजनबाट दुरुपयोग नहोस् भनेर वित्तिय व्यवस्थापनमा थप अध्ययन गराइने भएको छ ।
विहिवार नगरपालिकाको सभाहलमा सामी परियोजना (सुरक्षित आप्रावासी हकहीत केन्द्र ) सप्तरीद्वारा आयोजित वैदेशिक रोजगारका लागि नव निर्वाचित जनप्रतिनिधिहरुसंगको अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख ललन प्र्साद गुप्ताले वैदेशिक रोजगार जोखिमपूर्ण हुने भएकोले पाठ नगराई नहुने बताए । घर जग्गा बन्धक राखेर वा चर्काे व्याजमा ऋण काडेर रोजगारका लागि विदेश जान्छन् तर त्यहाँपनि अनेक दुखकष्ट झेलेर सोचेजस्तो कमाई नगरी फर्किन वाध्य हुन्छन्, कतिपय त बाटैबाट फर्किन्छन् गुप्ताले भने, यो सबै अध्ययनको कमीले हो वीना जानकारलाई एजेण्ट देखि कम्पनीले ठग्छन् । विदेशमा कमाई गरेर पठाएको पैसालाई घरमा आवश्यक भन्दा बाहिर खर्च गरेर सिध्याउने अनी हिसाव किताव नराख्ने जस्ता अव्यवस्थित कार्यले गर्दा परिवारमा झैं झगडा, कलह, विद्रोह पनि भएको पाइएको हुँदा पैसालाई सहि सदुपयोग र आयआर्जनका लागि वित्तिय व्यवस्थापन नगरप्रमुख गुप्ताले औल्याए ।

वैदेशिक रोजगारमा जाने र गएकाको त्यहाँ भएको समस्या लिइएर आफुकहाँ ४० जना आइसकेको बताउदै गुप्ताले भने, पासपोर्ट र नागरिकता हराएको, नक्कली भीसा, ठगी जस्ता समस्या देखियो ।
अर्काे प्रसंगमा उनले भने, वैदेशिक रोजगारभन्दा स्वदेशमै मेहनेत गरे त्यहाँ हुने विभिन्न जोखिम तथा कष्टप्रद समस्या भोग्नुपर्ने थिएन । जुन सिप छ त्यो सीप अनुसारको काम स्वदेशमै गर्नै परीपाटी बनाऔं । पशुपालन, तरकारी खेतीतर्फ राम्रो स्किम छ यसमा उन्नमुख हुँदा आम्दानी पनि राम्रै हुने देखिन्छ यता तर्फ जोडदिए विदेश गइरहनु नपर्ने गुप्ताले धारणा व्यक्तगरे । कार्यक्रम अधिकृत रामप्रवेश मण्डलसंग सहकार्य गरेर आगामी दिनहरुमा वैदेशिक रोजगार सम्बन्धि काम गर्ने गुप्ताले वचनवद्घता गरे ।
यस्तै नगर उपप्रमुख मुना कुमारी पोखरेलले वैदेशिक रोजगारमा जानेहरुले होसीयारी अपनाउनुपर्नेमा जोडदिए । उनले भने सम्पूर्ण कागजात डकुमेन्ट्रीहरु बैधानिक तथा नियमसंगत छ छैन चेक गर्नुपर्छ र त्यसको एकप्रति आफ्ना परिवारजनलाई छाडेर जानुपर्छ ताकी आफुलाइृ कुनै प्रकारको समस्या उत्पन्न भएको खण्डमा केस गर्न सजिलो हुनेछ । आफुले स्वयं विदेश जानेलाई सहयोग पुर्याएको स्मरण गराउँदै काठमाण्डौमा आफु बसेको बेला ठगी तथा झुठामा परेर विजोग भएका २० जनालाई आफुले उद्घार गरेको पोखरेलले बताइन् ।

हेल्भेटास नेपालका कार्यक्रम अधिकृत रामप्रवेश मण्डलको अनुसार, नेपालबाट दैनिक एकहजार दुइसय वैदेशिक रोजगारमा जाने गरेको छ । यसरी वैदेशिक रोजगारमा एकसय दशवटा मुलुकमा २० देखि ४४ बर्षसम्म उमेरका नेपालीहरु जाने गरेको वैदेशिक विभागको तथ्याङ्कमा उल्लेख छ । अहिलेसम्मको रेकर्ड अनुसार साढे ४३ लाख नेपालीहरु वैदेशिक रोजगारमा गएका छन् यसबाहेक नेपाल सरकारलाई नसोधी जानेहरु पनि छन् । यसरी वैदेशिक रोजगारबाट बार्षिक साढे नौसय अर्व रुपैया जम्मा हुन आएको तथ्याङ्कले बताउँछ ।
वैदेशिक रोजगारीमा औषत ७० प्रतिशत सकरात्मक मानिएता पनि नकरात्मक पक्षमा साह्रै दर्दनाक र घटनायुक्त भोगाईहरु छन् विदेशमै मृत्युहुनेको संख्यामा पनि कमी छैन । गतबर्ष मात्रै एकहजार दुइसय एकचालिस जनाको शव आयो यो समस्या बढी साउदी अरवमा देखिन्छ । मण्डल भन्छन् कतिपयको ऋणतिर्न नसकेर घरवास विहिन त घरपरिवार विछोड, कलह, झगडा, यो समस्या घटेर जानेक्रम छ यसको न्युनीकरणमा परियोजना लागि परेका छन् र नेपाल सरकारको पनि साथ सहयोग छ ।
सामी परियोजनाले सप्तरीमा गतबर्ष गरेका उपलब्धीहरुको रुपरेखा समेत सो कार्यक्रममा परियोजनाका सप्तरी संयोजक राजेन्द्र यादव प्रस्तुत गरेका थिए । परियोजनाले सूचना तथा परामर्श सेवा, सीप तालिम, न्यायमा पहुँच, मनोसामाजिक परामर्श सेवा, वित्तिय साक्षरता कार्यक्रम, छात्रबृत्ती र सामाजिक परिचालन कार्यक्रमहरु संचालन गरी वैदेशिक रोजगारमा सेवा पुर्याउदै आएको यादवले जानकारी गराए ।

आयोजित कार्यक्रममा वडाका तर्फबाट वडा नम्वर ७ का अध्यक्ष समानन्द चौधरी, परामर्शकर्ता रामसुन्दर यादव बव्लु, मनोसामाजिक परामर्शकर्ता इन्द्रा राईले बोलेका थिए । कार्यक्रमलाई वित्तिय साक्षरता सहजकर्ता सुरेश मण्डल, रिटर्नी स्वयंमसेवकद्वय प्रकाश पोखरेल र राधा नेपालले सहयोग पुर्याएको थियो । कार्यक्रममा पालिका सदस्यहरुको सहभागिता रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page