अर्थतन्त्र

कञ्चनरुप -२ बरमझियामा संचालित तीन महिने व्यटीसियन तालिम सम्पन्न

डम्बर राई /
कञ्चनरुप, ७ असार ।
सप्तरीको कञ्चनरुप नगरपालिका २ स्थित बरमझियामा संचालित व्युटीसियन तालिम विधिवतरुपमा सम्पन्न भएको छ ।
नेपाल सरकार तराई मधेश समृद्घ कार्यक्रम अन्तर्गत ग्रामिण कंचन युवा क्लव कञ्चनरुप ८ को आयोजनामा संचालन भएको महिलाहरुका लागि तीन महिने व्युटीसियन तालिम सोमवार सम्पन्न भएको हो ।
चैत्र ७ गते निवर्तमान नगरप्रमुख बसन्त कुमार मिश्रद्वारा उदघाटन गरिएको उक्त तािलममा वडा नम्वर २ का ३३ जना महिलाहरुको सहभागिता रहेको आयोजक समितिले जनाएको छ ।
कार्यक्रममा नगरप्रमुख ललन प्रसाद गुप्ताले महिलालाई रोजगारमुखी बनाउँने उद्वेश्यले सीप निर्माण गराइएको तालिमको प्रशंसा गर्दै सिकिएको सीपलाई प्रयोजनमा ल्याउन सुझाव दिइएका छन् । सीप सिकेर मात्र नहुने त्यसलाई व्यवहारमा उतार्न लगानीको आवश्यकता पर्ने भएकोलेपनि कतिपय सीप सिकेर त्यतिकै बसीरहेका छन् अब स्तिथी हेरेर पालिकाले सहयोग जुटाउनेमा आफु लागिपर्ने नगरप्रमुख गुप्ताले बताए ।

यस्तै नगर उपप्रमुख मुना कुमारी पोखरेलले सीप वीनाको मानिसले केहि पनि गर्न नसक्ने भएकोले हरेक व्यक्तिमा कुनै न कुनै सीप हुनुपर्छ सीप भएको व्यक्ति बेरोजगारी भन्न नमिल्ने बताइन् । उनले भनिन् हामीले जे जान्दछौ र जस्तो जान्दछौ त्यतातिर ध्यानदिनु पर्छ जानेको र गर्न सक्ने काममा नलागि अरुको सिको र धेरैको लोभमा पर्ने गर्दा सफल भइदैन ।
प्रमुख प्रशासकीय अधिकृत रेणुका साहले महिलाहरु घगृहणी मात्र नभई अब समाज तथा समुदायको जिम्मेवारी काममा जुट्न बाहिर निस्कनै पर्ने औल्याए । सीप कौशल नभएको मानिसको समाजमा विश्वास नहुने भएकोले सीपमा दक्ष हुन आवश्यक छ यो सामाजिक र व्यक्तिगत दृष्टिकोणले पनि फाइदाजनक देखिन्छ साहले थपिन् ।

२ नम्बर वडाध्यक्ष मेहदी हुसैनले आफ्नो वडामा महिलाहरुलाई तालिमको आयोजना गर्ने संस्थालाई धन्यवाद दिदै भने, तपाईहरुले जानेको सीपमा लाग्नुस् आवश्यक सहयोग म गर्नेछु । उनले महिलाहरुलाई सम्झाउदै भने तपाईहरु लाज र श्रम नमानी काममा आउनुस् जुन सीप प्र्राप्त गर्नुभयो त्यसमा लागिहाल्नुस् नत्र सिकेको पनि काम लागेन र आफ्नै घरव्यवहारमा पनि परिवर्तन आएन ।
तराई मधेशको महिलाहरुलाई सीप विकासमा दक्ष बनाई रोजगारमुखी बनाउनुको साथसाथै यस्ता तालिम तथा सामुहिक कार्यक्रममा सहभगिता गराएर घुम्टो बाहिर आउन धक फुक्ने तथा समाजमा परिवर्तन ल्याउन यस्ता कार्यक्रमहरु आफुले अझै संचालनमा ल्याउने संस्थाका अध्यक्ष संजय पासवानले बताए । संघिय सरकार तराई मधेश समृद्घ कार्यक्रमको लगानी र नगरपालिकाको सहयोगमा क्लवले आयोजना गरेको यो कार्यक्रम जती प्रभावशाली भयो पासवानले भने अझ यो भन्दा बढोत्तरी म त्यसलाई मान्दछु जब तपाईहरुले सीपलाई प्रयोगमा उतार्नुहुनेछ । नगरपालिका एवं वडाले कार्यक्रम तर्जुमा गरेर दिइएको कार्यक्रम संघिय तथा प्रदेश सरकारबाट आफुले बजेटका लागि पहल गरेर संचालन गर्ने अध्यक्ष पासवानले वचन दिएका छन् ।


उक्त कार्यक्रममा संचारकर्मी डम्बर राई, सहभागिबाट आशा साह, वडासदस्य लगायतले शुभकामना मन्तव्य राखेका थिए । समारोहमा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष वडासदस्यहरु, संचारकर्मीलाई सम्मान पत्र र तालिममा सहभागिहरुलाई प्रमाण पत्र हस्तान्तरण गरिएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page