समाचार

सप्तकोशी नदीमा पानीको बहाब बढ्दो , तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

सप्तरी, १४ असार । सप्तकोशी नदीमा पानीको बहाब बढ्न थालेसँगै तटीय क्षेत्रमा सतर्कता बढाइएको छ ।
सुनसरी प्रशासनले बहाव बढेसँगै नदीमा डुङ्गा चलाउन पूर्ण रुपमा रोक लगाउनुका साथै सम्भावित जोखिमलाई मध्यनजर गर्दै माछा मार्ने तथा बाढीले बगाएर ल्याएका दाउरा नदीबाट झिक्नसमेत प्रशासनले प्रतिबन्ध लगाएको हो ।
सोमबारसम्म सामान्य अवस्थामा रहेको नदीको बहाव पछिल्लो २४ घण्टा यता भने बढ्दो क्रममा रहेको कोशी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।
बेलुका चार बजे अनुसार सप्तकोशी नदीमा पानीको बहाव १ लाख २८ हजार २ सय २५ क्यूसेक प्रतिसेकेण्ड रहेको छ ।
ब्यारेजका १६ ढोका खोलिएका छन्‌ । सुनसरी प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई भने शतर्कता अपनाउन आग्रह गरेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page