अनिता चौधरी /
सुरुङ्गा (सप्तरी) । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का पोलिटव्युरो सदस्य सुमनराज प्याकुरेलले सिध्दान्तवादी कम्युनिष्ट विचार बोकेकाहरुले मात्र मदन भण्डारीको सपनालाई साकार पार्न उहाँले लागु गरेका बाटोमा हिडेको बताउँनुभयो ।
आफूलाई कम्युनिष्ट भन्ने तर विचार र सिध्दान्तबाट फरक देखिने र चोखिया खाने कम्युनिष्टहरुले जननेता मदन भण्डारीको नाम उच्चारण गरीरहनुको कुनै अर्थ नरहने नेता प्याकुरेलले स्व. भण्डारीको ७१ औं जन्म जयन्तीको अवसरमा सप्तरीको राजविराजमा मदन भण्डारी फाउण्डेशन र प्रेस चौतारी नेपाल सप्तरीद्वारा आयोजित अन्तर सम्वाद कार्यक्रममा यस्तो बताउनु भएको हो ।
उहाँले प्रबिक्षणात्मकरुपमा सहभागिहरुलाई स्व भण्डारीको आचरण र लगनसिलताको संक्षिप्त जानकारी गराउनुहुदै माक्र्सवाद, लेलिनवाद विचारधाराको कम्युनिष्ट बन्न आग्रह समेत गर्नुभयो । नेपाली कम्युनिष्टको आन्दोलनमा जुटिरहेकोबेला मदन भण्डारीलाई कार्लमाक्र्स नेपालमा जिउँदैछन् भनेर बाहिरी मुलुकबाट भन्ने गर्दथ्यो । कम्युनिष्ट विचारधाराका प्रतिपादक भण्डारीले जनताको बहुदलिय जनवादबाट मात्र नेपालमा कम्युनिष्ट आन्दोलन सम्भव छ भनेर दिनुभएको विचार आज विश्वका कैयौं मुलुकले अनुसरण गरेर बन्दुकको राजनीतिक त्यागेकाछन् नेता प्याकुरेलले भन्नुभयो ।
भर्खरै सम्पन्न स्थानिय तहको निर्वाचनको परिणामको समिक्षात्मक बुँदा उठाउँदै नेता प्याकुरेलले भन्नुभयो, निर्वाचनमा आफुलाई कम्युनिष्ट भनेर चिनाउने चोखियाखाने दलालहरुले पार्टीमाथी घात त गर्यो तर आफ्नै अस्तीत्व गुमायो । केप ीओलीको रीसले गठवन्धन गरेका माधव नेपालको अस्तीत्व आज रहयो ? यस्तो प्रश्न गर्दै प्याकुरेलले भन्नुभयो, एकिकृत समाजवादीको फुरफरी स्थानिय निर्वाचनले देखाइदियो यसैबाट के बुझिन्छ भने सच्चा कम्युनिष्ट केपी नै हो नेपाल खोल हो । स्थानिय निर्वाचनमा जनताको मतको परिणामहेर्दा नेकपा एमाले काँग्रेसभन्दा ठुलो पार्टी भएको छ । नेकपा एमाले बाहेक अन्य पार्टीले देशको आमुल परिवर्तन गर्न सक्दैन भन्ने नेपाली जनताले बुझेर एमालेलाई विश्वास गर्ने भएकोले पनि प्रादेशिक र संघिय निर्वाचनमा बहुमतको सरकार आउने उहाँले दावी गर्नुभयो ।
मदन भण्डारी फाउण्डेशनका सह संयोजक उत्तम कुमार गौतमले अध्यक्षताको आसनबाट भन्नुभयो, मदन भण्डारीले देखाएको बाटोमा हामी हिड्ने हो भने मात्र सच्चा कम्युनिष्ट बन्न सकिन्छ र जनताको बहुदलिय जनवादको परिभाषित शब्दमा पूरक हुन सकिन्छ । नेपाली कम्युनिष्ट आन्दोलनका नाइके भण्डारी गरीव, पिडित जनताको सेवामा काम गर्ने र उनिहरुको हक अधिकारका तथा न्यायका लागि लड्ने जनभावनामुखी विचारका नेता हुनुहुन्थ्यो भन्दै गौतमले जनताका बहुदलिय जनवाद लागु गराएर पार्टीलाई परिवर्तन गराउँने महान नेता भण्डारीको संक्षिप्त जीवनीको व्याख्या गर्नुभएको थियो ।
यसैगरी प्रेस चौतारी नेपाल सप्तरी शाखाका कार्यवाहक अध्यक्ष डम्बर राईले प्रतिकुल मौसममा पनि सहभागि रहनुभएका पार्टी तथा संगठनका त्यागी नेता एवं कार्यकर्तालाई सधन्यवाद प्रदान गर्नुहुदै जननेता मदन भण्डारी नेपाली कम्युनिष्ट आन्दोलनको सिध्दान्तकारी स्थापित भएको बताउँनुभयो । कम्युनिष्ट शक्तिहरु मात्र नभई आज मुलुक उहाँले निर्धारण गरेको शिक्षा नीति तर्फबाटै अघि बढ्दै गएको राईले चर्चा गर्नुभयो । साँच्चै हामीले हामीले कम्युनिष्ट भएर मात्र होइन राईले भन्नुभयो, जो कोही स्वतन्त्र जीवनमा रहेका व्यक्तिले पनि मदन भण्डारीको जीवनी र देश अनी नेपाली जनताप्रति उहाँले गर्नुभएको कामलाई सम्झने होभने विचार भावनासंगै सकरात्मक मनोवृत्तीको विकास हुन्छ एक प्रकारको उर्जा थपिन्छ ।
जिल्ला पार्टी सचिव देवनाथ यादवले कार्यक्रम संचालन गर्नुभएको थियो ।
Add Comment