समाचार

जिप्रका सप्तरीमा सेवा लिन आएका सेवाग्राहीहरुलाई लैङ्गिक हिंसा सम्बन्धी अन्तरक्रिया

राजविराज, १७ असार । जिल्ला प्रहरी कार्यालय सप्तरीले “लैङ्गिक हिंसा नियन्त्रण ” सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय सप्तरीको परिसरमा सामुदायिक सेवा केन्द्र सप्तरीको आयोजनामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
जिप्रका सप्तरीमा सेवा लिन आएका सेवाग्राहीहरुलाई “लैङ्गिक हिंसा नियन्त्रण ” सम्बन्धी जानकारी दिइएको थियो ।
सामुदायिक सेवा केन्द्रका अध्यक्ष हित नारायणलाल दासको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page