समाचार

रुपनगरमा आदिवासी जनजाति अधिकार सम्बन्धि जनचेतनामुलका कार्यक्रम, राज्यको निति निर्माण तहसम्म पहुँच नहुदा आदिवासी जनजाति पछाडि : चौधरी

बृजमान तामाङ /
विरेन्द्र बजार, १८ असार ।
नेपाल आदिवासी जनजाति महासंघ मधेश प्रदेश उपाध्यक्ष दिल कुमारी चौधरीले राज्यको नितिनिर्माण तहमा पहुँच नहुँदा आदिवासी जनजाति समुदाय पछाडि परेको बताइन् ।
नेपाल आदिवासी जनजाति महासंघ नगर समवन्य परिषद कञ्चनरुपद्वारा सप्तरीको रुपनगरमा शनिबार आयोजित आदिबासी जनजाति अधिकार सम्बन्धि नगर स्तरीय जनचेतना अभिबृद्वी मुलक कार्यक्रम उद्वघाटन गर्दै उनले यस्तो बताएकी हुन ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले अधिकार सुनिश्चितताको लागि एकताबद्व हुनुपर्नेमा जोड दिइन् । आदिबासी जनजातिहरु राज्यको विभेदकारी नितिका कारण पछाडी परेको चर्चा गर्दै कार्यक्रमका प्रमुख अतिथी उपाध्यक्ष चौधरीले राज्यको नितिनिर्माण तहसम्म पहुँच नहुदा अधिकारबाट बन्चित हुनुपरेको बताइन् । उनले निर्वाचनको क्रमामा सचेत भएर जनप्रतिनिधि छ्नौट गर्नुपर्नेमा जोड दिईन ।

उपाध्यक्ष चौधरीले आदिवासी जनजातिको अधिकार सम्बन्धि जनचेतना मुलक कार्यक्रमको लागि नगरपालिकाले सहयोग गरेको प्रति खुशी व्यक्त गर्दै कार्यक्रमले सामाजिक रुपान्तरणमा टेवा पुग्ने विश्वास व्यक्त गरिन ।
नेपाल आदिबासी जनजाति महासंघ सप्तरीका पुर्व अध्यक्ष बृजमान तामाङले स्थानीय सरकारले आदिवासी जनजातिहरुलाई गैर नागरिकको व्यवाहार गरेको भन्दै आक्रोश व्यक्त गरे । उनले स्थानीय सरकारले आदिबासी जनजातिले राज्यबाट पाउदै आएको अधिकार र सेवा सुबिधा खोसेको आरोप लगाए ।
कञ्चनरुप नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बच्चुलाल चौधरीले आदिबासी जनजातिको उत्थानका लागि नगरपालिकाबाट प्राप्त हुने सरकारी सेवासुबिधाका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नगरपालिकाले आदिबासी जनजातिको जनचेतना जगाउने कार्यक्रम आयोजना गरेको भन्दै आयोजकको प्रशंसा गरे । वडा नम्बर ७ का अध्यक्ष श्यामानन्द चौधरीले आदिवासी जनजाति अधिकारका लागि संगठन निर्माणमा जोड दिए । आफू आदिबासी जनजाति अभियानमा लामो समयदेखी सक्रिय रहेको बताउदै वडा अध्यक्ष चौधरीले आदिवासी जनजाति समुदायको पहिचान र अधिकारका निम्ति तन, मन धनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कञ्चनरुप नगरपालिका महिला तथा बालबालिका शाखाकी भावाना घिमिरेले कार्यक्रमले आदिबासी जनजाति समुदायको पहिचान र अधिकार सुनिश्चिततामा बल पुग्ने बताईन । उनले नगरपालिकाले आदिबासी जनजातिका उत्थानका लागि निरन्तरता सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै अधिकार प्राप्तिका लागि कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिईन ।
नेपाल आदिबासी जनजाति महासंघ कंचनरुपका अध्यक्ष लिल बहादुर मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा तालिमको उदेश्य बारे वरिष्ठ प्रशिक्षक जबाहारलाल चौधरीले प्रकाश गरे । नेपाल आदिबासी जनजाति महासंघ नगर समवन्य परिषद कंचनरुपका सचिब सत्यनारायण चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत नगर सल्लाहकार बोजदेव चौधरीले गरे ।

कञ्चनरुप नगरपालिकाको १२ वटै वडाका १ सय जना सहभागी कार्यक्रमको सहजीकरण नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका पुर्व अध्यक्ष बृजमान तामाङ, वरिष्ठ प्रशिक्षक जबाहार लाल चौधरी, कुमार मान श्रेष्ठले गरेको आयोजकले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page