अर्थतन्त्र

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य , पेट्रोल प्रतिलिटरको १ सय ८१ रुपैयाँ

काठमाडौँ । नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल प्रतिलिटर २, डिजेल र मटितेलको ९ रुपैयाँ मूल्य बढाएको हो ।
त्यस्तै निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ बढाएको छ । नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोल १ सय ८१ रुपैयाँ, डिजेल र मटितेल १ सय ७२/१ सय ७२ रुपैयाँ र हवाई इन्धन (आन्तरिक) १ सय ९० रुपैयाँ पर्नेछ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको जनाएको छ ।
भारतीय आयल निगमबाट इन्धनको मूल्य बढेर आएकाले नेपालमा पनि बढाउनुपरेको निगमले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page