समाचार

तिलाठी कोईलाडी- १ मा वडा अध्यक्षको मिलोमतोमा बजेट अनियमितता गरेको आरोप

राजविराज, २६ असार । तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष दिनेश्वर मिश्राको मिलोमतोमा सडक निर्माणको नाममा लाखौं अनियमिता गरेको आरोप स्थानीयले लगाएका छन् ।
स्थानीयबासीद्वारा राजविराजमा आइतबार पत्रकार सम्मेलन गर्दै लौनियादेखि गाउँपालिकासम्मको सडक निर्माणको कार्य रातरात सम्पन्न गरि बजेट तह लागाउने कार्य गरेको आरोप लगाएका हुन ।
कसैलाई थाहै नदिइ बजेट सक्ने नियतले वडा अध्यक्ष मिश्राले कागतमा उपभोक्ता समिती गठन गरि सडक निर्माणको कार्य गरेको पत्रकार सम्मेलनमा स्थानीयले जानकारी दिए ।
स्थानीय संबोज झाले मधेश प्रदेश सरकारको बजेटबाट हतारमा सडक निर्माणको कार्य गरि वडा अध्यक्ष मिश्राले बजेट तह लगाउन खोजेको आरोप लगाए । वडा अध्यक्ष मिश्राले कमिसनको प्रलोभनमा रातरात सडक निर्माण गरे, उनले भने, टेन्डर लागेको सडकमा आकस्मिक सडक निर्माणको कार्य गरेको देखेर खोजी गर्दा आफुमाथी अभद्र व्यवहार गरे । उनले निर्माण कार्यको रेखदेख गर्ने राजेन्द्र मिश्राले तथानाम बोल्दै गाडी चढएर हत्या गर्ने धम्की दिएको आरोप लगाए ।

पत्रकार सम्मेलनमा बजेटको बारे कुनैपनी संकेत वा साईनबोर्ड नराखी खराव नियतबस कार्य गरेकोले छानवीन गर्न स्थानीयले माँग गरेका छन् ।
बजेट अनियमितता गर्ने नियत देखिन्छ, स्थानीय मुकेश कुमार यादवले भने, उपभोक्ता समिती गठन देखि लागतसम्म गोप्य राखेकोले मिलोमतोमा भ्रष्टाचार गर्ने प्रयास गरेको भन्ने हाम्रो ठहर हो, यसको सत्यतथ्य छानवीन गरि संलग्नमाथी कारबाहीको माँग गर्दछु ।
स्थानीयका अनुसार उक्त सडक बजेट सक्नकै लागी मापदण्ड विपरीत निर्माण गरिएको छ । हरिहरपुर पकरी, विसहरिया ,तिलाठी सडक योजानाका लागि ठेक्का लागिसकेको स्थानमा प्रदेश सरकारको बजेट लगाएर कमसल कार्य गरि बजेट बाँडफाँड गर्ने नियतले रातरात कार्य गरेको स्थानीयले पत्रकार सम्मेलनमा आरोप लगाएका छन् ।
यता तिलाठी कोइलाडी गाउँपालिकाका १ का अध्यक्ष दिनेश्वर मिश्राले आफूमाथी लगाएको आरोप निराधार रहेको बताए । सडक निर्माणको कार्य विधिवत सम्पन्न गरेको उनले दावी गरे ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page