स्वास्थ्य

गजेन्द्र नारायण सिंह अस्पतालका नवनियुक्त मेसु डा. प्रकाश प्रसाद साहद्वारा पदभार ग्रहण

राजविराज, २७ असार । सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा नयाँ (नवनियुक्त) आउनु भएका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश प्रसाद साहले पदभार ग्रहण गर्नु भएको छ ।
अस्पतालमा सोमबार आयोजित एक कार्यक्रमका बीच साहले पदभार ग्रहण गर्नुभएको हो । डा. साह यसअघि केन्द्रीय कारागार अस्पतालका प्रमुख हुनुन्थ्यो ।
नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयबाट डा. साहलाई गत शुक्रबार गजेन्द्रनारायण सिंह अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिने निर्णय गरेको थियो ।
अस्पतालको जिम्मेवारी पाएसँगै डा. साहले अस्पतालको सम्पूर्ण विकास र जनशक्तिलाई परिचालन गरी आवश्यक जनशक्तिको पदपूर्तिका लागि पहल गर्ने बताउनुभयो ।
मेसु डा. साह सप्तरीको कञ्चनरुप नगरपालिका निवासी हुनुहुन्छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page