समाचार

लोकतान्त्रिक आदिवासी जनजातीको प्रथम जिल्ला भेला सम्पन्न

डम्बर राई /
कञ्चनरुप (सप्तरी), २७ असार ।
नेपाल कम्युनिष्ट पार्टी एमाले पोलिटव्युरो सदस्य सुमनरमज प्याकुरेलले आदिवासी जनजातीहरु नेपालको पहिलो उत्पतिमुलक जाती भएका कारण यिनीहरुलाई धर्तीपुत्रको रुपमा मानिने गरेको बताउनुभयो ।
सोमवार सप्तरीको अग्नीसाइर कुष्णासवरन गाउपालिका ६ स्थित महुलीमा आयोजित लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपालको प्रथम जिल्ला भेलालाई सम्वोधन गर्नुहुदै नेता प्याकुरेलले भन्नुभयो, आदिवासी जनजातीहरु यस मुलुकको अगुवा तथा सृष्टिकर्ता हो तर राज्य स्तरमा सामाजिक, शैक्षिक, क्षेत्र लगायत राजनैतिक पहुँच, मुल्य मान्यता र भागवण्डामा संख्यात्मक हिसावले पुग्न सकेका छैनन् ।
पछिल्लो समयमा आदिवासी जनजातीहरुको माँगलाई नेपाल कम्युनिष्ट पार्टी एमालेले सम्वोधन गरेर लगेको र उनिहरुको माँगलाई नेपालको संविधान २०७२ मा नेपालको इतिहासमै समेट्ने काम भएको नेता प्याकुरेलले दावी गर्नुभयो । उहाँले आदिवासी जनजातीको हकमा भौगोलिक क्षेत्रको आधारमा हेर्दा हिमाल, पहाड र तराईमा जुन जाती विशेषताको बाहुल्यता छ त्यस जाती समुदायले आफुहरुको हक, अधिकारका वारेमा अग्रसरता देखाउन आवश्यकता ठान्न्ुभयो । उदाहरणमा उहाँले भन्नुभयो तराईमा थारुहरुको वाहुल्यता भएको हुँदा थारुले अरु जनजातीका लागि पनि साथ सहयोग हुने किसिमको अग्रसरता देखाउनु पर्यो ।

आफ्नो हित चिताउनेले अरुको हितहुने काममा पहिला अग्रसर देखाउन जरुरी रहेको छ, साथ संगत र एकताबाट मात्र माँग पूराहुने भएकोले सम्पूर्ण आदिवासी जनजातीहरु एकताको सुत्रमा गोलबन्ध हुन नेता प्याकुरेलले आग्रह गर्नुभयो ।
सो कार्यत्रममा नेकपा एमाले केन्द्रिय सदस्य तथा सप्तरी सह इन्चार्ज राज कुमार लेखीले आदिवासी जनजातीहरुको हक अधिकारका निम्ती आफुले लामो समयदेखी आन्दोलन गर्दै आएको जानकारी दिनुभयो । नेपालको इतिहासमा आदिवासी जनजातीहरुको पहुँच राज्यसंयन्त्रमा पुग्न नसक्नाका केहि उदाहरणहरु पस्कदै लेखीले हाम्रो समस्या साझा छ तर विभिन्न दल र गुटका कारण आदिवासी जनजातीहरु अल्मलिएको बताउँनुभयो । हाम्रो माँगलाई नेकपा एमाले बाहेक अरु पार्टीबाट सम्भव नरहेको उहाँले दावी गर्नुभयो ।

प्रदेश कमिटीका उत्तम कुमार गौतम, देब नारायण चौधरी, बोधराज सुवेदी, जिल्ला कमिटी अध्यक्ष ताराकान्त चौधरी,सचिव देवनाथ यादव, राष्ट्रिय युवासंघ नेपालका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज एवं पार्टी जिल्ला सदस्य मनिष श्रेष्ठ, देवकान्त चौधरी, वीर बहादुर मर्साङ्गी, अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दीनानाथ चौधरी लगायत दर्जनौले शुभकामना मन्तव्य दिइएका थिए । पछि ५१ जना सदस्य पूरागर्ने गरी आयोजित भेलाले रमेश चौधरीको अध्यक्षतामा २७ सदस्य जिल्ला कमिटी गठन गरेकाछन् ।
समितीको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्यहरुमा क्रमशः बिन्द्र राई, मंगला कुमारी खपाङ्गी, देवी जोशी र सदस्यहरुमा ललित मण्डल, नवराज खपाङ्गी, रमेश कुमार मण्डल, सपना कुमारी मण्डल, रमेश बहादुर आले मगर, बसन्त कुमार चौधरी, राजाराम चौधरी, प्रमिला कुमारी चौधरी, शिव कुमार चौधरी छन् ।

यसैगरी सदस्यहरुमा दिपेन्द्र चौधरी, चित्तरञ्जन चौधरी, रमेश चौधरी, योगेन्द्र प्रसाद चौधरी, देवकान्त गोजेवार, रीता चौधरी, ज्ञान बहादुर श्रेष्ठ, राज कुमार मण्डल लगायत छन् । निर्वाचितहरु लाई भेला कार्यक्रमका प्रमुख अतिथी सुमनराज प्याकुरेलले सपथग्रहण गराउनु भएको थियो ।
रमेश चौधरीको अध्यक्षता आयोजित भेलामा सहभागीहरुलाई सावित्री चौधरीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page