काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) की केन्द्रीय कार्यकारिणी सदस्य तथा केन्द्रीय सदस्य रेणु कुमारी यादवले पार्टी परित्याग गरेकी छन् ।
पार्टीका केन्द्रीय अध्यक्षलाई राजीनामा पत्र बुझाउँदै यादवले कुनै पनि पदीय जिम्मेवारीमा नबस्ने बताएकी हुन् ।
उनले राजीनामामा भनेकी छिन्, ‘वर्तमान अवस्थामा मेरो व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको हुनाले मैले यस जनता समाजवादी पार्टी नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको छु। तसर्थ आजकै मितिदेखि लागु हुने गरी पार्टीले मलाई दिएको पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीहरू त्याग गरेको व्यहोरा यहाँलाई जानकारी गराउँदछु ।’
यादव यसअघि जसपाबाट भौतिक पूर्वाधार मन्त्री थिइन्। पार्टीले नयाँ मन्त्री पठाएपछि उनी असन्तुष्ट बनेकी थिइन् ।
Add Comment