स्वास्थ्य

आज एकै दिन २६० जनामा कोरोना संक्रमण पुष्टि, ४८ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा आज एकै दिन थप २६० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
देशभरका प्रयोगशामा ३ हजार ८ सय ४४ नमुना परिक्षण गरिएकोमा २६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमध्‍ये २ हजार २७ जनाको पीसीआर परीक्षण गर्दा २१४ जना र १ हजार ८१७ जनाको एन्टिजेन परीक्षण गर्दा ४६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
योसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २१ हजार ७६७ पुगेको छ ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार १७१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ४८ जना संक्रमणमुक्त भएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page