विराटनगर । मोरङको जहदामा खहरे खोलामा डुबेर एक बालकको मृत्यु भएको छ।
बिहीबार दिउँसो जहदा गाउँपालिका ७ स्थित खहरे खोलामा पौडी खेल्ने क्रममा डुबेर स्थानिय अशोक मण्डलका ११ वर्षीय छोरा तरुण मण्डलको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
घरनजिकै रहेको खोलामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको हो । प्रहरीले घटना बारेमा थप अनुसन्धान थालिएको जनाएको छ।
Add Comment