समाचार

मोरङको बुढिगंगाबाट हरिणको दुई थान सिङ सहित एक जना पक्राउ

बिराटनगर, श्रावण १३ गते । मोरङ प्रहरीले हरिणको सिङ सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको बुढिगंगा गाँउपालिका १ गोकुवा बस्ने ४६ बर्षीय संखर ऋषिदेव रहेका छन ।
बिहीबार राति बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरी टोलीले उनको घरबाट हरिणको २ थान सिङ बरामद गरेको हो ।
अबैध हरिणको सिङ बरामद भए पश्चात ऋषिदेवलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई थप अनुसन्धान भईरहेको जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page