समाचार

रघुनाथपुर वजार व्यवस्थापन तदर्थ समिती गठन

बृजमान तामाङ /
बिरेन्द्र बजार १४ साउन ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका २ मा अवस्थित रघुनाथपुर (चाँदनी चौक) बजार व्यवस्थापन तदर्थ समिती गठन गरिएको छ ।
अग्निसाईन कृष्णासवरन गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष पशुपति प्रसाद चौधरीको अध्यक्षतामा शनिबार आयोजित एक भेलाले दिपेन्द्र कुमार चौधरीको संयोजकत्वमा १९ सदस्य समिती गठन गरिएको हो ।
गठित समितिको सह संयोजकमा श्याम कुमार चौधरी चयन भएका छ्न । समितिको सदस्यहरुमा महादेव माझी, केशव चौधरी, राकेश चौधरी, शिवनन्दन चौधरी, मानन चौधरी, सोतिलाल माझी, जंगल खंग रहेका छ्न ।

बजार व्यवस्थापन समिति गठनका लागि भेला भएका वजार वासीहरु
बजार व्यवस्थापन समिति गठनका लागि भेला भएका वजार वासीहरु

यसैगरी सुर्यमान तामाङ, सुनिल दास, निलम चौधरी, माधुरी चौधरी,किसुनदेव साह, सितादेवी साह, रनिता चौधरी र मो।ईस्लाम सदस्यमा चयन भएका छ्न ।
गाउँपालिका अन्तर्गत रहेका बजारहरुमा वजार व्यवस्थापन समिती गठन गरि सात दिनभित्र पेश गर्न गाउँपालिकाले सूचना मार्फत आग्रह गरिएको थियो । गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले बजारहरुको चौतर्फी विकासका लागि आवाश्यक योजना बनाउनुपर्ने बताउदै सार्वजनिक सूचना मार्फत उपभोक्ता समिती गठन गर्न निर्देशन दिएका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page