बृजमान तामाङ /
बिरेन्द्र बजार १४ साउन । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका २ मा अवस्थित रघुनाथपुर (चाँदनी चौक) बजार व्यवस्थापन तदर्थ समिती गठन गरिएको छ ।
अग्निसाईन कृष्णासवरन गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष पशुपति प्रसाद चौधरीको अध्यक्षतामा शनिबार आयोजित एक भेलाले दिपेन्द्र कुमार चौधरीको संयोजकत्वमा १९ सदस्य समिती गठन गरिएको हो ।
गठित समितिको सह संयोजकमा श्याम कुमार चौधरी चयन भएका छ्न । समितिको सदस्यहरुमा महादेव माझी, केशव चौधरी, राकेश चौधरी, शिवनन्दन चौधरी, मानन चौधरी, सोतिलाल माझी, जंगल खंग रहेका छ्न ।
यसैगरी सुर्यमान तामाङ, सुनिल दास, निलम चौधरी, माधुरी चौधरी,किसुनदेव साह, सितादेवी साह, रनिता चौधरी र मो।ईस्लाम सदस्यमा चयन भएका छ्न ।
गाउँपालिका अन्तर्गत रहेका बजारहरुमा वजार व्यवस्थापन समिती गठन गरि सात दिनभित्र पेश गर्न गाउँपालिकाले सूचना मार्फत आग्रह गरिएको थियो । गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले बजारहरुको चौतर्फी विकासका लागि आवाश्यक योजना बनाउनुपर्ने बताउदै सार्वजनिक सूचना मार्फत उपभोक्ता समिती गठन गर्न निर्देशन दिएका थिए ।
Add Comment