समाचार

वैद्य–प्रकाश मानव अधिकार पुरस्कारबाट हितनारायण लाल दास सम्मानित

राजविराज, साउन १६ गते । शैक्षिक र सामाजिक जागरणको अभियानमा अविचलित रही योगदान पु¥याउनु हुने राजविराज नगरपालिका–५ का हितनारायण लाल दासलाई आज एक कार्यक्रमका बीच वैद्य–प्रकाश मानव अधिकार पुरस्कारबाट सम्मानित गरिएको छ ।
प्रकाश काफ्लेको ३० औं स्मृति दिवसको अवसरमा राजविराजस्थित नेपाल पत्रकार महासंघको भवनमा आयोजित कार्यक्रममा वैद्य–प्रकाश मानव अधिकार पुरस्कार कोषबाट सामुदायिक सेवा केन्द्रका अध्यक्ष ७३ वर्षीय दासलाई सम्मानित गरिएको कोषका संस्थापक बैद्यनाथ झाले जानकारी दिनु भयो ।
पाँच दशक अघि शिक्षण पेशाबाट सार्वजनिक जीवन सुरु गर्नुभएका दास हाल महिला, बालबालिका तथा जेष्ठ नागरिकको चेतना अभिवृद्धिका लागि निरन्तर कटिबद्ध र क्रियाशील हुनुहुन्छ । बाल मन्दिर राजविराजमा २३ वर्षसम्म अध्यापन गर्नुभएका उहाँले विभिन्न गैरसरकारी संस्थामा कुशल व्यवस्थापक, संयोजक, प्रशिक्षक भई पछाडि पारिएका वर्गहरुका माझ चेतना जगाउने अभियानमा देखाउनु भएको क्रियाशीलता तथा बालबालिकाको चेतना, मानव अधिकारका साथै लैङ्गिक हिंसा र लागु पदार्थविरुद्धको जागरण अभियानमा प्रशंसनीय योगदान गर्नुभएकोले सम्मान गरिएको हो ।

नुवाकोटको घोप्टेभीरमा ०४९ साउन १६ गते भएको थाइ विमान दुर्घटनामा निधन हुनुभएका इन्सेकका संस्थापक महासचिव कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहीर ठाकुरले सम्मानपत्र हस्तान्तरण गर्नुभएको कोषका सदस्य इन्सेक प्रतिनिधि मनोहर पोखरेलले जानकारी दिनुभयो ।
पुरस्कार वितरण गर्दै प्रमुख अतिथि एवम् आयोगका सदस्य मिहिर कुमार ठाकुरले मानव अधिकारको संरक्षकको क्षेत्रमा योगदान दिनेहरुको नाम चीर कालसम्म अमर रहने बताउनु भयो ।
अरुकै हितमा समर्पित मानव अधिकार रक्षकहरुलाई प्रेरित गर्ने उद्देश्यले पुरस्कार स्थापना गरेकोमा कोषका संस्थापकहरुको प्रशंसा गर्दै ठाकुरले कोष वृद्धिका लागि २५ हजार सहयोग गर्ने घोषणा गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले समाजमा विद्यमान विकृति विसंगतिलाई न्यूनीकरण गर्न पुरस्कार वितरण कार्यक्रम फलदायी भएको बताउनुभयो ।
कोषको संस्थापक अध्यक्ष बैधनाथ झाको अध्यक्षता तथा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर कुमार ठाकुरको प्रमुख आतिथ्य एवम् मधेश प्रदेशका संचार राज्यमन्त्री रुवि कुमारी कर्णको विशिष्ट आतिथ्यमा कार्यक्रम आयोजना भएको थियो । इन्सेक सप्तरी प्रतिनिधि एवं कोषका सदस्य मनोहर पोखरेलद्वारा संचालित कार्यक्रममा स्वागत मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष एवं कोषका सदस्य शिवहरी प्रसाद भट्टराईले गर्नुभयो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा २१ औँ प्रकाश मानव अधिकार पुरस्कारबाट सम्मानित राजविराज नगरपालिका–७ का वैद्यनाथ झाले प्राप्त गर्नु भएको नगद ५१ हजार रुपियाँबाट स्थापना गरिएको कोषमा झाकी आमा चन्द्रादेवी झाले ज्येष्ठ नागरिकका हैसियतले पाउनु भएको सामाजिक सुरक्षा वापतको ५० हजार रुपियाँ र अन्य ३० हजार रुपियाँ जम्मा गरी कोषको रकम १ लाख ३१ हजार रुपियाँ पुगेको छ ।

यो पुरस्कार २०७३ सालदेखि प्रत्येक वर्ष मानव अधिकार तथा नागारिक आन्दोलनका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वलाई प्रदान गरिँदै आएको कोषले जनाएको छ । पुरस्कारस्वरुप नगद ५ हजार १ सय रुपियाँ, सम्मान–पत्र तथा दोसल्ला प्रदान गरिने छ ।
यो पुरस्कारबाट २०७३ सालमा चमार आन्दोलन र भूमि अधिकार अभियानी सुरुङ्गा नगरपालिका–४ मधुपटी कनकपुरका बलदेव राम, २०७४ सालमा दलितमा सबैभन्दा पछाडि पारिएको डोम जातीको आन्दोलनको अभिन्न अंगको रुपमा स्थापित छिन्नमस्ता गाउँपालिका–२ का युक्तिलाल मरिक सम्मानित हुनु भएको थियो ।
यसैगरी २०७५ सालमा गरिब भूमिहीन, सुकुम्बासी र दलित उत्पीडनविरुद्ध कटिबद्ध भई सामाजिक र राजनीतिक आन्दोलनमा सक्रिय अग्नीसाइर कृष्णसवरन गाउँपालिका–३ हरीहरपुर मट्टिगढाका असर्फी सदा तथा २०७६ सालमा आधारभूत तहका जनता र पीडितहरुको न्यायका लागि मानव अधिकार रक्षकहरुको नेतृत्वदायी भूमिका निर्वाह गर्दै अधिकारकर्मी, पत्रकार एवम सामाजिक कार्यकर्ताका रुपमा कलम चलाउन र वकालत गर्न सक्रिय राजविराज नगरपालिका–६ का मनोहरकुमार पोखरेल सम्मानित हुनु भएको थियो ।
राजनीतिक परिवर्तन र सामाजिक न्यायको आन्दोलनमा अविचलित रही योगदान पुर्याउनु हुने खडक नगरपालिका–८ की रुबी कर्णलाई २०७७ सालमा तथा दुई दशकदेखि एकल महिला समूहको नेतृत्वदायी भूमिका निर्वाह गर्दै मानव अधिकार संरक्षण र न्याय प्राप्तिका लागि निरन्तर सक्रिय राजविराज नगरपालिका–७ की अनीता देवकोटालाई २०७८ सालमा सम्मानित गरिएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page