समाचार

आदिबासी जनजाति महासंघका नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

बृजमान तामाङ /
राजविराज , १८ साउन ।
नेपाल आदिवासी जनजाति महासंघका मधेश प्रदेश समितिका अध्यक्ष मनोज सिंह दनुवारले मधेश सरकार आदिबासी जनजातिप्रति पुर्वाग्राही रहेको आरोप लगाएको छ ।
सप्तरीको कठौनामा बुधबार नेपाल आदिवासी जनजाति महासंघ सप्तरीको नवनिर्वाचित पदाधिकारीहरुको पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएको हो ।
कार्यक्रममा बोल्दै अध्यक्ष दनुवारले मधेश सरकारले आदिबासी जनजाति समुदायमाथी विभेदकारी व्यवाहार गरेको आरोप लगाए ।
मधेश सरकारले आदिवासी जनजाति उत्थानका लागि कुनै कार्यक्रम ल्याउन चाहेन, अध्यक्ष दनुवारले भने, आदिवासी जनजातिको पहिचान र अधिकारका लागि मधेश सरकारको पटकपटक ध्यानाकर्षण गराउदा समेत आदिवासी भएकै कारण सुनुवाइ गरेन । मधेश प्रदेश सरकारले आदिवासी जनजातिलाई दोश्रो दर्जाको नागरिकको व्यबहार गरेको बताउदै कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष दनुवारले अधिकार प्राप्तिका लागि मधेश सरकार विरुद्ध एकताबद्व हुनुपर्नेमा जोड दिए ।

मधेश सरकारले आदिबासी जनजाति पनि मधेश प्रदेशमा छ्न भन्ने अहिलेसम्म महुसुस गरेकै छैन अध्यक्ष दनुवारले भने, दलित, मुश्लिम लगायतका समुदायलाई प्रथामिकता राखेर अबसार दिनेगरेपनी मधेश सरकार आदिवासी जनजाति प्रती पुर्वग्राही छ ।
सुरुङ्गा नगरपालिकाका प्रमुख गिता चौधरीले सामाजिक रुपान्तरणमा आदिवासी जनजाति समुदायको भुमिका अहम रहेको बताइन् । आदिवासी जनजाति आन्दोलनको वलमा समानुपातिक समाबेशी प्रतिनिधित्वसहितको अधिकार सुनिश्चित भएको बताउदै प्रमुख चौधरीले थप अधिकार प्राप्तिका लागि अझै एकजुट भएर आन्दोलन गर्नुपर्नेमा जोड दिईन । उनले राज्यको महिला र आदिवासीप्रति हेर्ने दृष्टिकोण फरक रहेको बताईन । उनले राज्यको विभेदकारी नीति विरुद्ध हेपिएका लिङ्ग समुदायहरु एकजुट हुनुपर्ने आबश्यकता औल्याईन ।

आदिवासी जनजातिको कार्यक्रममा सहभागी हुनुपाउदा खुशी लागेको बताउदै कार्यक्रमका विशिष्ट अतिथि नगरप्रमुख चौधरीले नगरपालिकाको तर्फबाट आदिवासी जनजातिको उत्थानका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन ।
नवनिर्वाचित अध्यक्ष अरुण कुमार प्रधानले आफुलाई जनजाति समुदायले गरेको विश्वासलाई खेर जान नदिने बताए । उनले कसैको एकल प्रयासले कोहि सफल हुन नसक्ने भएकोले सहयोगको आग्रह गर्दै आफू जहिलेपनी सबैजनाको सल्लाह अनुसार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष वृजमान तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व अध्यक्ष यम बहादुर खपाङ्गी मगर, महेन्द्र प्रसाद चौधरी, आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष भगवती चौधरी, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष अम्विका दाहाल, पुर्व अध्यक्ष जितेन्द्र खड्गा, सप्तरी उधोग वाणिज्य संघका उधोग उपाध्यक्ष दुर्गानन्द साह, नेपाल मगर संघका अध्यक्ष साधाना राना, नेपाल आदिवासी जनजाति शम्भुनाथका अध्यक्ष श्रीनारायण चौधरीले शुभकामना मन्तव्य व्यक्त गरे ।

कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमुख अतिथी दनुवार र विशिष्ट अतिथी नगरप्रमुख चौधरी र निर्वाचन समिति संयोजक दिल कुमारी चौधरीले माला, गम्छा र प्रमाणपत्र प्रदान गरि सपथ ग्रहण गराए ।
नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका सचिब खेमराज सिंह दनुवारद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष शिव नारायण चौधरी थारुले गरे । गत २०७८ चैत १९ गते सम्पन्न आदिवासी जनजाति महासंघ सप्तरीको चौथो अधिबेशनबाट प्रधानको नेतृत्वमा १५ सदस्य जिल्ला समिति गठन भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page