समाचार

प्रेस मञ्च सप्तरीद्वारा पत्रकार सिंहलाई दुर्व्यवहार गर्ने प्रहरीमाथी कारबाहीको माग

राजविराज, १९ साउन । प्रेस मञ्च सप्तरीद्वारा मञ्चका कार्यसमिति सदस्य भूषण कुमार सिँहलाई सामाचार संकलन गर्ने क्रममा दुर्व्यवहार गर्दै मोवाइल खोस्ने प्रहरीमाथी कारबाहीको माग गरेको छ ।
प्रेस मञ्च नेपाल सप्तरीका अध्यक्ष बृजमान तामाङले बिहिवार एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार सिंहमाथी दुर्ववहार गर्ने प्रहरीमाथि कारबाहीको माग गरेको हो ।
संचारकर्मीले कुनै पनि सार्वजनिक ठाउँमा भईरहेको कुनै घटनाको समाचार संकलन गर्ने स्वतन्त्र अधिकार हुदाँ हुँदै प्रहरीको हस्तक्षेप गर्नु सम्पुर्ण प्रेस जगतमाथि नै ज्यादती गरेको भन्दै प्रेस मञ्च नेपालले घटनाको घोर निन्दा गरेको छ । यस्ता कार्य दुखद रहेकोले दोषी प्रहरीलाई हदैसम्मको कारर्वाही गर्नुपर्छ, मञ्चद्वारा जारी प्रेस विज्ञाप्तिमा भनिएको छ , आउने दिनमा यस्ता घटना हुन नदिन प्रहरी प्रशासनसँग आग्रह गर्दछौं साथै यस्ता घटना पुनः दोहरिएमा कडा संघर्ष गर्ने जानकारी गराउछौ ।
मञ्चका अध्यक्ष तामाङले जारी गरेको विज्ञप्तिमा पत्रकार सिँहले राजविराज स्थित वजाज शोरुम अगाडी भईरहेको झगडाको फोटो खिच्दा प्रहरीले दुर्व्यवहार गर्दै मोवाईल खोसेको घटनाको कडा शब्दमा र्भत्सना गर्दै संलग्न प्रहरीमाथी कारबाही नभए आन्दोलनमा उत्रनु बाध्य हुने चेतावनी समेत दिएको छ । प्रहरीले सार्वजनिक ठाउमा संचारकर्मिहरूले सामाचार संकलन गर्ने कार्यमा अबरोध गर्नु प्रेस स्वतन्त्रता कुण्ठित गरेको हाम्रो ठहर छ, प्रेस मञ्चद्वारा जारी विज्ञप्तिमा भनिएको छ,पत्रकारलाई प्रहरीले हेर्ने मनसाय ठिक नभएकोले यस्ता व्यवहार नसच्चयाईए कडा आन्दोलन गर्ने चेतावनी दिन चाहान्छौ ।
प्रहरी प्रशासनबाट पत्रकारहरुमाथी हुने दुर्ववहारको घटना प्रती नेपाल पत्रकार महासंघलाई गम्भीर हुन समेत विज्ञप्तिमा आग्रह गरिएको छ । प्रहरी प्रशासनबाट पटकपटक पत्रकारहरुमाथी भएको दुर्ववहारप्रति गम्भीर हुन महासंघको ध्यानाकर्षण गराउन चाहन्छौं प्रेस मञ्च सप्तरीद्वारा जारी विज्ञाप्तिमा उल्लेख गरेको छ ।
गत साउन १७ गते मंगलवार राजबिराज स्थित बजाज मोटर साईकल शोरुम अगाडी भईरहेको झगडाको फोटो खिचने क्रममा प्रहरीले किन फोटो खिचेको भन्दै पत्रकार सिंहको मोवाइल खोसेर लगेका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page