समाचार

मतदाता नामावली संकलन भोलिदेखि स्थगित हुने

काठमाडौं । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मंसिर ४ गतेमा गर्ने घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित हुने भएको छ ।
निर्वाचन आयोगका अनुसार शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित हुने भएको छ ।
आयोगले हाल देशभरका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय आदि ठाउँबाट फोटोसहितको मतदाता नामावली संकलन गरिरहेको छ ।
चुनाव घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित गर्ने प्रचलन छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page