कोशी प्रदेश समाचार

अबैध रुपमा भारत तर्फ लैजादै गरेको १५० केजी सुपारी बरामद

झापा, श्रावण २० गते । झापा प्रहरीले मेचीनगरबाट अबैध रुपमा भारत तर्फ लैजादै गरेको १५० केजी सुपारी बरामद गरेको छ ।
बिहीबार दिउँसो ईलाका प्रहरी कार्यालय काकडभिट्टबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ मेचिडाँडा छेउबाट उक्त परिमाणको सुपारी बरामद गरेको हो ।
बरामद भएको सुपारी आवश्यक कारबारीको लागी मेची भन्सार कार्यालय काकरभिट्टा बुझाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page