बिराटनगर, श्रावण २२ गते । बिराटनगर महानगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बिराटनगर महानगरपालिका ८ बालगोपाल टोलका ३० बर्षीय राजु मुखिया रहेका छन।
शनिवार राती आफ्नै घरको बिजुलीको बोर्डमा तार जोड्ने क्रममा मुखियालाई अचानक करेन्ट लागि गम्भिर घाईते भएका थिए । करेन्ट लागि गम्भिर घाईते भएका मुखियालाई उपचारको लागी कोशी अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।
Add Comment