समाचार

सूचना उपलब्ध नगराउने खडक नपाका सूचना अधिकारीलाई कारबाहीको माग

राजविराज , २२ साउन । सूचना उपलब्ध नगराउने खडक नगरपालिकाका सूचना अधिकृत मनोज कुमार साह उपर कारबाही तथा माग गरेको सूचना पाउ भनी एक संचारकर्मीले इमेल मार्फत खडक नगरपालिकामा आइतबार निवेदन पेश गरेका छन ।
पत्रकार बृजमान तामाङले खडक नगरपालिकाका कार्यालय प्रमुखलाई सम्बोधन गर्दै इमेलमार्फत निवेदन पेश गरेको हो ।
समचार प्रयोजनका लागि सार्वजनिक सरोकारको विषयको सूचना माग गरि निवेदन गरेकोमा सूचना अधिकारी साहले सो निबेदन दर्ता समेत नगरेको निवेदनमा उल्लेख छ । म निवेदकले यस कार्यालयका सूचना अधिकारीलाई सम्बोधन गरि मिति २०७९-०४-१९ गते तपसिलमा उल्लेखित विवरण एवम तथ्यांक सूचना माग गरि निवेदन गरेकोमा सो निवेदन दर्ता गर्नुभएन, पत्रकार तामाङले, दर्ता गराएको निवेदनमा भनिएको छ, निजले नेपालको संबिधानको धारा २७ मा प्रत्याभूत सूचनाको हक एवम सूचनाको हक सम्बन्धि ऎन २०६४ को दफा ३ अनुसारको हकमा आघात पुर्‍याउकोले सुचना माग गरिएको सम्बन्धि निवेदननै दर्ता नगर्ने सुचना अधिकारीलाई कारबाही गरि माग गरेको सुचनाको प्रमाणित प्रतिलिपी उपलब्ध गराइ दिनुहुन यो निबेदन गर्दछु ।
पत्रकार तामाङले पेश गरेको निवेदनमा सूचना प्राप्त गर्न लाग्ने दस्तुरहरु नियम बमोजिम बुझाउने समेत उल्लेख गरिएको छ । उल्लेखित सूचना उपलब्ध गराउदा लाग्ने कानुन बमोजिमको शुल्क बुझाउन तयार छु, पत्रकार तामाङद्वारा नगरपालिकामा पेश गरेको निवेदनमा भनिएको छ । पत्रकार तामाङले आर्थिक बर्ष २०७८/७९ चैत १ गते देखि असार मशान्तसम्म विभिन्न सामाग्रीहरु कुनकुन प्रक्रियाबाट खरिद भएको सोको प्रतिलिपी, खरिद प्रक्रिया दररेट कोटेशनका प्रतिलिपी, सम्पुर्ण खरिद विलको प्रतिलिपी र आर्थिक बर्ष २०७८/७९ को खरिदमा प्रतिष्ठानहरुको कट्टा गरिएको टिडिएस का प्रतिलिपी निवेदनमा माग गरेको छ ।
पत्रकार तामाङ गत शुक्रबार सूचना माग निवेदन सहित नगरपालिकाको कार्यालय पुगेका थिए । सूचना अधिकारीले सूचना उपलब्ध गर्न नमानेपछि तामाङ प्रमुख प्रशासकीय अधिकृत निरज कुमार कर्णलाई गुनासो गर्न पुगेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत कर्णले समेत सूचना दिन नमिल्ने भनेपछि सुचनाको हकलाई प्रयोग गरि इमेल मार्फत निवेदन पेश गरेको पत्रकार तामाङले जानकारी दिए । खडक नगरपालिकामा कानुन बमोजिमको सूचना माग गर्दा आलटाल गरि टार्ने गरेको स्थानीय सर्वसाधारणहरुले गुनासो गर्दै आएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page