समाचार

सप्तरीमा आ.व. २०७८/०७९ मा १४१ जना लागूऔषध कारोबार तथा सेवनकर्ता पक्राउ

सप्तरी, साउन २२ गते । सप्तरीमा आर्थिक वर्ष २०७८÷०७९ मा जिल्लाका विभिन्न ठाउँबाट १४१ जना लागूऔषध कारोबार तथा सेवनकर्ता पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार जिल्लाका विभिन्न ठाउँबाट २४० ग्राम ब्राउन सुगरसहित ६ हजार २ सय ५७ नाइट्रोभेट, ६ सय ६३ नाइट्रोजन र १२ नाइट्राजेफान ट्याबलेट बरामद गरिएको छ ।
त्यस्तै फेराएगन एम्पुल १ हजार २ सय २९, नोफिन ७ सय ८८, डाइजिल्याब २ सय १४ एम्पुल, डाइजेफाम १ हजार २ सय ९४ एम्पुृल, प्रोमोथाइजिन ९६, डाइलेन्स डिसी ४ सय १६ बोतल, स्पास्मोप्रोसमिटन १ हजार २ सय ७ र लिजेसिक एम्पुल ४ सय २ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आर्थिक वर्ष २०७७÷०७८ मा प्रहरीले लागूऔषध कारोबार तथा सेवनतर्फ १ सय ५३ जनालाई पक्राउ गरेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page