कोशी प्रदेश समाचार

१२ लाख मुल्य बरावरको भन्सार छलि नेपाल ल्याउदै गरेको अवैध सामान बरामद

बिराटनगर, भाद्र ४ गते । मोरङ प्रहरीले बिराटनगरबाट करिव १२ लाख मुल्य बरावरको भन्सार छलि नेपाल ल्याउदै गरेको अवैध सामान बरामद गरेको छ । बिराटनगर महानगरपालिका १५ स्थितबाट शुक्रबार राती प्रहरीले भन्सार छलि नेपाल ल्याउदै गरेको अवैध सामान बरामद गरेको हो ।
१ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा बि.आर ३८ ए ३२८७ नम्वरको ट्रयाक्टरमा भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको करिव १२ लाख मुल्य बरावरको बिभिन्न किसिमका कपडा तथा जुत्ताहरु बरामद गरेको हो ।
ट्याक्टर र चालकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page