बृजमान तामाङ –
बिरेन्द्र बजार, ५ भदौ । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकाका नव अगान्तुक प्रमुख प्रशासकीय अधिकृत भिमप्रसाद पराजुलीले असारे विकासलाई अन्त्य गर्न प्रतिबद्ध रहेको बताएका छ्न।
सिन्दुपालचोकको हेलम्बु गाउँपालिकाबाट सरुवा भई आइतबार अग्निसाईर कृष्णासवर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुममा हाजिर भएका पराजुलीले परिचात्मक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन ।
नव आगान्तुक प्रमुख प्रशासकीय अधिकृत पराजुलीले असारमा गरिने विकासिय कार्य प्रभावकारी नहुने भन्दै अगाडि नै विकासिय कार्यलाई सम्पन्न गर्ने प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले जनप्रतिनिधि र सहकर्मी कर्मचारीहरुको सहकार्यबाट बैशाख भित्र पुर्वाधार विकासको कार्य सम्पन्न गर्न प्रथामिकताको साथ अगाडि बढ्ने बताए ।

प्रमुख प्रशासकीय अधिकृत पराजुलीलाई स्वागत गर्दै गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले पालिकाको समग्र विकासमा उल्लेखनीय सफलता पाउनेमा विश्वास व्यक्त गरे । वडा नम्बर ४ का वडा अध्यक्ष तेज नारायण यादवले कार्यकाल सफलताको शुभकामना दिँदै जिल्लाकै नमुना पालिका बनाउनेमा योगदान गर्नेमा विश्वास व्यक्त गरे ।
गाउँपालिकामा आईतवार हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत पराजुलीलाई जनप्रतिनिधि र कर्मचारीहरुले भव्य स्वागत गरेका छन् । गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी, उपाध्यक्ष कल्पना कुमारी चौधरी, लगायतका जनप्रतिनिधि र कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत पराजुलीलाई माला, खदा, र अविर लगाएर स्वागत गरे ।

गाउँपालिका अध्यक्ष चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष पशुपति प्रसाद चौधरी, ३ का अध्यक्ष गोपाल प्रसाद चौधरी, ६ का वडा अध्यक्ष अशोक आचार्य गाउँपालिका अन्तर्गतका विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरुको उपस्तिथि रहेको थियो ।
यसअघिका प्रमुख प्रशासकीय अधिकृत कमल कुमार यादवको सरुवा भएपछी पराजुली हाजिर भएका छ्न । पराजुली सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर ४ निवासी हुन ।


Add Comment