समाचार

ज्यान मार्ने उधोग र डाँका मुद्दाका फरार प्रतिवादी पक्राउ

धनुषा । प्रहरीले धनुषाबाट ज्यान मार्ने उधोग र डाँका मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कमला नगरपालिका वडा नम्बर ३ लग्मा बस्ने वर्ष २६ को लक्ष्मीकान्त माली भण्डारी रहेका छन ।
नारायण भण्डारीको जाहेरीले लक्ष्मी कान्त समेत भएको ज्यान मार्ने उधोग र डाँका मुद्दाको अनुसन्धानको क्रममा निज प्रतिवादीहरुको नाममा सम्मानित धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
निज प्रतिवादीहरुलाई खोजतलास गर्दै जाने क्रममा ईलाक प्रहरी कार्यालय खजुरी धनुषाबाट खटिएको टोलीले सोमबार कमला नगरपालिका वडा नम्बर २ माची बजार स्थित सार्वजनिक सडक खण्डबाट नियन्त्रणमा लिएको हो ।
आवश्यक कार्वाहीको लागि जिल्ला अदालत धनुषामा उपस्थिति गराईएको जनाइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page