समाचार

सप्तरीको बलान विहुलमा प्रहरी र तस्करबीच झडप, तीन राउण्ड हवाइ फायर

सप्तरी, ७ भदौ । सप्तरीको बलान विहुल गाउँपालिका–४ बेल्हीमा मंगलबार दिउँसो तस्कर र प्रहरीबीच झडप भएको छ । भारतबाट तस्करी गरेर ल्याइएको समान बरामद गर्ने क्रममा झडप भएको हो ।

भारतबाट सामान तस्करी गरेर एक घरमा राखिएको सूचना पाएपछि प्रहरीको टोली त्यहाँ पुगेको थियो । घर खानतलासी गर्न पुगेका प्रहरीलाई अवरोध पुर्याएपछि विवाद सुरु भएको थियो । विवाद बढ्दै जाँदा प्रहरी र स्थानीय बीच झडप भएको र झडपमा परेर केही प्रहरी र स्थानीय घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
स्थिती नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाइ फायर समेत गरिएको प्रहरीले जनाएको छ । घरको खानतलासी गर्न नदिएर प्रहरीमाथि नै ढुँगा प्रहार गर्दा प्रहरीले हवाई फायर गरेको जनाइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page