समाचार

आमा महिला उत्थान समाजको प्रथम साधारणसभा सम्पन्न

बृजमान तामाङ –
बिरेन्द्र बजार, ११ भदौ ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका ५ स्थित संचालित आमा महिला उत्थान समाज धिमारको प्रथम साधारणसभा शनिबार सम्पन्न भएको छ ।
समाजका अध्यक्ष ससिता कुमारी चौधरीको अध्यक्षता एवम् अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।
कार्यक्रममा अध्यक्ष चौधरी, विशिष्ट अतिथी उपाध्यक्ष कल्पना कुमारी चौधरी, पत्रकार बृजमान तामाङ, अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य गयाराम चौधरी, ५ नम्बर वडा अध्यक्षका प्रत्यासी उम्मेदवार दुर्गानन्द चौधरी, समाजका सल्लाह साईल कुमारी शास्त्री, कल्पना चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

समाज सल्लाहकार उमा चौधरीले गठनको उदेश्य बारे प्रकाश पारिन भने कोषाध्यक्ष जसो कुमारी चौधरीले आयव्यय प्रस्तुत गरिन । शिक्षक लक्षमिकान्त चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत समाजका सह सचिब नैना कुमारी चौधरीले गरिन ।

   

You cannot copy content of this page