समाचार

नगर उप-प्रमुख मुना पोखरेल जनताको काममा सक्रिय

डम्बर राई –
कञ्चनरुप, भदौ १४ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिकाकी नगर उपप्रमुख मुना पोखरेल जनताको काममा सक्रिय भएर लागेको स्थानियहरुले बताउने गरेका छन् । उपप्रमुख पोखरेल समाजमा कतै कुनै प्रकारको उत्पन्न घटना वा समस्या परेको सुन्नासाथ पुगीहाल्ने गरेको मात्र होइन त्यहाँ भएका घटना वा समस्यालाई के कसरी तत्काल हल गर्न सकिन्छ त्यतातिर जुटीहाल्ने गरेको वडा नम्बर ११ का दिपक चौधरीले बताए ।
बर्षातको भेलले गाउँ बस्तीमा कटान गरेर गाउँ नै भयभित भएको अवस्थामा वडा नम्बर ११ र ३ मा उहाँले तुरन्तै जेसीवी लगेर आफ्नो लगानीबाट पानीको भेल नियन्त्रण गरी गाउँलेलाई उध्दार गरेको पिडितले बताए ।
यस्तै ११ नम्बर वडामै विगत दुईबर्षदेखी सिमा विवादका कारण थुनिएको बाटो खुलाउने काममा उपप्रमुख पोखरेललको ठूलो भुमिका रहेको छ । बाटो थुनिएपछि विद्यालयमा पठनपाठनका लागि बालबच्चाहरुलाई ठूलो कठिनाहि परेको साथै किसानहरुले पनि त्यहि समस्या भोग्दै आएका थिए । हिडिरहेको बाटो थुनिएको कुरा पोखरेललको कानमा परेपछि उहाँले थुनिएको बेराघारालाई काटेरफाँडेर बाटो खुल्ला गरिदिनुभएको हो । अहिले बाटोमा आवतजावत गर्न सहज भएको हरी सदाले बताए ।

समस्या आउँछ त्यसलाई नियन्त्रण गर्न वा हल गर्न कुनै प्रक्रिया खोज्ने ना समय पर्खने जस्ता आकस्मिक कार्यमा बाटो हेरेर बस्ने खालको हुनुहुन्न उपप्रमुख पोखरेल भन्ने धेरैको मुखबाट हिजोआज सुन्न आएको छ । जनताको काम गर्न यो जिम्मेवारीमा आएका हौं, हाम्रा लागि सबै वरावरीछन्, दलगत, गुटगतबाट नत विकास नै सम्भव छ नत आफ्नो नै कल्याण छ यस्तो बताउँने उपप्रमुख पोखरेल भन्नुहुन्छ, म २४ आंै घण्टा खट्न तयार छु , अहिले सम्म सयभन्दा बढी अनुगमनकारी कार्यमा खटे, कहिले गाउँ डुवायो संगसंगै जेसीवी लिइएर पुगे, आफ्नो नीजि लगानी पनि गरेर उध्दार गरेकी छु । दिनहुँ जसो गाउँटोलमा पुगेर समस्या बुझने, अनी त्यहाँको वस्तुस्थिति वारे बुझेर कुन काम गर्नु पर्ने रहेछ त्यो मेरो लिस्टेड हो ।

विभिन्न संघ संस्था हाट बजार, बाटो सडक, ढल, निकास पनि मेरो अनुगमनमा पर्ने गरेको उहाँ भन्न्ुहुन्छ यसमा मलाई नगरप्रमुखले भनीरहनुपर्ने होइन यो मेरो पनि जिम्मेवारीको काम हो म हिड्ने हो जनताको राय सल्लाह सुझाव संगै समस्यावारे बुझने हो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page