समाचार समाज

सशस्त्र प्रहरीद्वारा अबैध औषधी बरामद

राजविराज । सशस्त्र प्रहरीले सप्तरीको बोदे बर्साइनबाट अबैध औषधी बरामद गरेको छ ।
भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा बोदे बर्साइन नगरपालिका वडा नम्बर ८ स्थित सोनापुरबाट सशस्त्र प्रहरी बल नेपाल बिओपी स्वर्णपट्टिको टोलीले १ लाख ४ हजार ८ सय रुपैयाँ बराबरको अबैध औषधी बरामद गरेको हो ।
प्रहरीको गस्ति टोली देखेपछि तस्करहरु औषधी फालेर भागेका थिए । उनीहरुको खोजी कार्य तीव्र रुपमा भइरहेको सशस्त्र प्रहरी बल नेपाल ६ नम्बर गणले जनाएको छ ।
बरामद गरिएको औषधी आवश्यक अनुसन्धानको लागि राजविराज भन्सार कार्यालय तिलाठी पठाएको सशस्त्र प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page