शिक्षा

कक्षा १२ को परीक्षाफल प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ। बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो।
बोर्डका अनुसार ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित भएको छ। प्रत्येक विषयमा सैद्धान्तिक तर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी (नन ग्रेडिङ) उल्लेख हुने छ। यस्तो व्यवस्था बोर्डले पहिलोपटक लागू गरेको हो।


यसवर्ष नियमित तर्फ १ लाख ८८ हजार विद्यार्थी नन ग्रेडिङमा परेका छन् ।
एनजी उल्लेख हुने विद्यार्थीले उच्च शिक्षामा भर्ना हुन पाउँदैनन् । दुई विषयमा मात्रै एनजी आएमा ग्रेडवृद्धि परीक्षा दिन पाइन्छ।

यसरी हेर्न सकिन्छ परीक्षाको नतिजा
विभिन्न Website, SMS Service र IVR Service बाट प्राप्त गर्न सकिनेछ :
१. राष्ट्रिय परीक्षा बोर्डको website: http://www.neb.gov.np
२. नेपाल टेलिकमको website : http://neb.ntc.net.np

SMS सेवा :
१. नेपाल टेलिकमको १६०० मा SMS गर्ने तरिका : NEB Symbol No. टाइप गरी १६०० मा SMS गर्ने ।

IVR सेवा :
१. नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page