समाचार

कञ्चनरुपकी उपप्रमुख पोखरेल जनताको काम गर्न जुनसुकै भूमिका निर्वाह गर्नपनि तत्पर

डम्बर राई –
कञ्चनरुप । जनताले कुनै पनि प्रकारको दुख र सास्ती भोग्न नपरोसु कुनै प्रकार को संकट वा विपत्ती आइलागेको खण्डमा त्यसको समाधान गर्न नगरपालिकाले निकास निकाली हाल्नुपर्छ र जनताको समस्यालाई हल गरीहाल्नुपर्छ भन्ने मनसाय बोकेकी नगर उपप्रमुख मुना पोखरेलले आफैले बैलचा चलाएको, कोदालो खन्ने कामसंगै झाडु र कुचो लगाएको देखेर स्थानियहरुले प्रशंसा गरेकाछन् ।
शुक्रवार कञ्चनरुप नगरपालिकाले नगर सरसफाई तथा वातावरण सन्तुलन कायम गर्न वडा नम्बर ७ स्थित बलुवाचौक हुदै भजनेश्वर महादेव मन्दीर सम्मको सडक बाटो र नालाकुलो सरसफाई गर्ने काममा उपप्रमुख पोखरेलले सक्रियता देखाएको हो ।
सुरुवातको पहिलो दिन बलुवा चौकदेखी पश्चिम चौधरीटोल सम्म तीनसय मिटरको हाराहारीमा सरसफाइको काम भएको छ भने शनीवार मन्दीरसम्म गरीने वडा नम्बर ७ का अध्यक्ष श्यामानन्द चौधरीले जानकारी दिनुभयो । उहाँको अनुसार यो सरसफाई कार्यक्रम सबै वडामा गरीने र र यसमा नगरप्रमुख र उपप्रमुखको प्रत्यक्ष निगरानी हुनेछ ।
यो बाहेक वडा नम्बर २,३ र ११ मा पानीले बटान गरेर वस्तीलाई नै डुवान गरेको अवस्थामा उपप्रमुख पोखरेलले तत्कालै जेसीवी र जनस्रोत प्रयोग गरेर उध्दार गरेको समाचारहरु आइसकेको छन् ।
त्यस्तै बन्द बाटो सडकलाई खुलाउने, विपतमा परेका घर परिवारजनलाई व्यक्तिगत सहयोग समेत गर्नुभएको पिडितहरुले उहाँको प्रशंसा गर्दै आएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page