समाचार

स्थानिय विकास र परेको मर्कामा उपप्रमुख पोखरेलको भुमिका

डम्बर राई –
कञ्चनरुप । सप्तरीको कञ्चनरुप नगरपालिकाका जनताले चाहेका र स्थानिय स्तरको भौगोलिक वस्तु स्थिति अनुसारको विकास हुनु जरुरी रहेको नगर उपप्रमुख मुना पोखरेलले आत्मसात गर्नुभएको छ ।
आइतवार वडा नम्बर १ को मदरसा र वडा नम्बर २ को वडा कार्यालय लगायत स्थानिय क्षेत्रको अवलोकन गर्नेक्रममा जनताहरुबीच भएको छलफलमा उनीहरुको माँग र क्षेत्राधिकारको विषयमा पोखरेलले आत्मसात गर्नुभएको हो ।
उहाँले मदरसाको शिक्षाको गतिविधि र त्यसबाट लाभान्वित छात्र छात्राहरुको विवरणसंगै समस्यावारे जानकारी लिनुभएको थियो भने स्थानिय तहबाट गर्न सकिने र भए गरेका समेतको लेखाजोखाको विषयमाथी छलफल चलाउँनु भएको निवर्तमान वडा अध्यक्ष मोहम्मद करीम सेखले बताउँनुभयो ।
उपप्रमुख पोखरेलले मदरसाको विषयलाई आफ्नो मन र मस्तिष्कमा राखेर यहाँ आएर जुन सहानुभुती दिनुभयो यो हाम्रो लागि गौरवको कुरा हो सेखले भन्नुभयो, विकासका काममा चासो देखाउँने र परेको पीर मर्कामा तुरन्त समाधानको उपाय खोज्ने मनसायकी धनी उपप्रमुख पोखरेलमा कुनै प्रकारको भेदभाव छैन ।
त्यस्तै वडा नम्बर २ मा पनि गाउँवस्ती तथा समाजमा के कस्ता माँगहरु आएकाछन् यधपी त्यहाँ तत्काल कुन कुरामा बढी जोड दिनुपर्ने रहेछ सोको विवरण लिने काम भएको छ ।
वडा अध्यक्ष मोहम्मद मेहदी हुसैन लगायत जनप्रतिनिधिहरुसंग दिगो विकास गर्न तर्फ आ आफ्ना जिम्मेवारी र आवश्यकीय भुमीका लगायत विषयमा छलफल भएको थियो । वडाको महत्वपूर्ण भुमिकामा आफ्नो सक्दो सहयोग हुने साथै यसमा व्यक्तिगत लगानी समेत गरेर स्थानिय विकासमा अहोरात्र खट्ने छु भन्ने प्रतिवध्दता जाहेर गर्दै हामीलाई थप हौसला प्रदान गर्नुभएकी उपप्रमुख पोखरेल प्रशंसाकी पात्र बन्नुभएको अध्यक्ष हुसैनले भन्नुभयो ।
उपप्रमुख पोखरेलको आजसम्मको काममा स्थानिय हरेक जनताले विश्वास गर्ने वातावरण बनेको छ भने उहाँमा पत्यारिलो उपज देखापरेको केहि उदाहरण सावित भएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page