समाज

सप्तरीमा मोटरसाइकल दुर्घटनामा परि एक महिलाको मृत्यु

सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका ५ स्थित महोनपुरमा सोमबार मोटरसाइकल दुर्घटनामा परि एक महिलाको मृत्यु भएको छ ।
दुर्घटनामा सप्तरीको बोदेबर्साईन नगरपालिका २ की ४५ बर्षीया अन्जना देवी यादवको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी अञ्जनालाई अस्पताल पुर्‍याउन साथ डाक्टरले मृत घोषणा गरेका थिए ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरमा सडकमा रहेको कुकुरलाई बचाउने क्रममा प्रदेश २–०१–००२ प ३९९३ नम्बरको मोटरसाइकल बिहान दुर्घटना भएको थियो । तीव्र गतिका कारण मोटरसाइकलले कुकुरलाई बचाउने क्रममा दुर्घटनामा परेको प्रहरीको भनाई छ ।
मोटरसाइकल चालक उनका श्रीमान् भने सामान्य घाइते भएको सप्तरी प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page