समाज

मोटर चलाई नुहाउने क्रममा करेन्ट लागेर बाँकेमा एक पुरुषको मृत्यु

बाँके, २९ भाद्र । बाँकेको बैजनाथ गाउँपालिकामा करेन्ट लागेर बुधबार दिउँसो एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बैजनाथ गाउँपालिका–१ भट्टीटोल बस्ने ४० वर्षीय देब बहादुर घर्ती रहेका छन ।
आफ्नै घरमा मोटर चलाई नुहाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । घाइते घर्तीको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page