समाचार समाज

सप्तरीको अग्नीसाइर कृष्णसवरण- ४ का ८५ भूमिहीन सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा वितरण

सप्तरी । सप्तरीका ८५ भूमिहीन सुकुम्बासी घरपरिवारलाई मंगलबार लालपुर्जा वितरण गरिएको छ ।
जिल्लाको अग्नीसाइर कृष्णसवरण गाउँपालिकामा ८५ भूमिहीन सुकुम्वासी परिवारलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले लालपूर्जा वितरण गर्नुभयो ।
राष्ट्रिय भूमी आयोग जिल्ला समिति सप्तरीले अग्निसाईर कृष्णासवरण ४ मा आयोजित एक कार्यक्रमका बीच ८५ परिवार भूमिहीन सुकुम्वासी घरपरिवारलाई लालपूर्जा वितरण गरिएको हो ।

लालपूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले नीति तथा कार्यक्रम र बजेटमा समेत आगामी २ वर्ष भित्र भूमिसँग जोडिएका सबै खालका समस्या समाधान गरिसक्ने योजना रहेको बताउँदै यही आर्थिक वर्षभित्र ३ सय पालिकाका पाँच लाख भूमिहीनलाई लालपूर्जा वितरण गरिसक्ने गरी अगाडि बढाएको बताउनु भयो ।
अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीको अध्यक्षतामा लालपुर्जा वितरण गरिएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page