राजनीति

नेकपा एमालेले समानुपातिक उम्मेदवारको टुङ्गो आइतबार लगाउने

नेकपा एमालेले मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन अन्तर्गत समानुपातिकतर्फका उम्मेदवार बारे आइतबार टुङ्गो लगाउने भएको छ ।
अध्यक्ष केपी ओली निवास बालकोटमा शनिबार बसेको सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले समानुपातिक सूचीमा राख्ने नामहरूबारे जनाकारी गराएका थिए ।
एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले समानुपातिक सूचीबारे कानुनी प्रक्रिया र सङ्ख्याबारे सामान्य जानकारी गराएको र भोलि बस्ने बैठकमार्फत टुङ्गोमा पुग्ने जानकारी दिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page