खगेन्द्र कार्की –
फत्तेपुर, १५ असोज । सप्तरीको कञ्चनरुप नगरपालिकामा आयोजित सभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि नेपाली जनतालाई नागरिकता लिन बाट बन्चित हुन नदिने वताएका छन ।
सप्तरीको कञ्चनरुप नगरपालिकामा शनिबार राष्ट्रिय युवा संघ नेपाल मधेस प्रदेश कमिटी द्वारा आयोजित मधेस प्रदेश स्तरीय निर्वाचन परिचालन कमिटी गठन तथा बृहत आम सभालाइ सम्बोधन गर्दै अध्यक्ष ओलीले ऐन कानुनको अभावमा नागरिकता नपाएका सबै नेपाली जनतालाई मंसिर ४ सम्म पर्खन आग्रह गर्दै मंसिर ४ गते हुने निर्वाचनपछि बन्ने एमाले नेतृत्वको सरकारले त्यस्ता नेपालीलाई नागरिकता प्रदान गर्ने बताएका छन ।
एमालेको सरकार बन्ने साथ नागरिकताको समस्या समाधानका लागि प्रक्रिया अगाडि बढाउने वताउँदै अध्यक्ष ओलीले भने ‘हामी ग्यारेण्टी गर्छौं, नागरिकताको समस्या समाधान गर्ने छौं । सुकुम्वासी समस्या समाधान गर्ने छौं । सामाजिक सुरक्षाको ग्यारेण्टी गर्ने छौं । ज्येष्ठ नागरिकलाइ सहाराविहीन हुन दिने छैनौं यो सबको लागि मङ्सिर ४ को दुबै तहको निर्बाचन मा ढुक्क भएर नेकपा एमाले को चुनाव चिन्ह सुर्य मतदान गर्न सम्पुर्ण सप्तरी बासिमा आग्रह गरेका छन ।
आफ्नो नेतृत्वको सरकारका पालामा अध्यादेशमार्फत ऐन ल्याई नागरिकता प्रदान गर्दै गर्दा अदालतमा मुद्दा हालेर रोक्नेहरू अहिलेका गठबन्धनवालाहरू भएको वताउँदै अध्यक्ष ओलीले आफूले पटक पटक संसदमा संशोधन ल्याउन दुई दिनमै पारित गरौंला भन्दा गठबन्धन दलहरूले त्यसतर्फ बेवास्ता गरेका र अहिले एमालेलाई नागरिकता विधेयकको विरोधी हो भन्ने भ्रम जनतामा लैजान खोजेको वताउदै सम्पुर्ण सप्तरी बासि जनतालाई आग्रह गर्दै भने गठबन्धन का उम्मेदवार हरुको भ्रममा नपरि नेकपा एमाले का सम्पुर्ण उम्मेदवारहरुलाई मतदान गर्न समेत आग्रह गरे ।
अध्यक्ष ओलीले आफ्नो पार्टी ज्येष्ठ नागरिकसँग सधैं रहने बताए । ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने कामको सुरुआत एमालेले गरेको बताए । १ सय रुपैयाँबाट सुरु भएको वृद्धभत्ता एमालेले नै ४ हजार पुर्याएको उनले बताए । तपाइँका छोराछोरी अमेरिका, अष्ट्रेलिया जान सक्छन्, तर एमाले कहिँ जाँदैन सधैं ज्येष्ट नागरिकको साथमा रहने अध्यक्ष ओलीले बताए ।
एमालेलाई ज्येष्ठ नागरिकको आशिर्वाद र युवाहरुको साथ रहेको पनि उनले बताए । ज्येष्ठ नागरिक दिवसको अवसरमा अध्यक्ष ओलीले सबै ज्येष्ठ नागरिकको राम्रो स्वास्थ्यको लागि शुभकामना समेत दिए ।
अध्यक्ष ओलीले अहिलेकाे सरकार धाँधलीवाद सरकार रहेकाे बताए । सरकारले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा धाँधली गर्न सक्ने भन्दै युवाहरुलाई सतर्क रहन आग्रह गरे। उहाँले भन्नुभयाे – ‘याे सरकार भ्रष्ट सरकार हाे,धाँधलीवाद सरकार हाे,चुनाव निष्पक्ष गराउने हाेइन जसरी पनि जित्नुपर्छ भन्ने सरकार हाे,यसलाई लाेकतन्त्रकाे मतलब छैन,लुटतन्त्रकाे सरकार हाे याे,त्यसकारण हाम्रा युवालाई चुनावलाई स्वतन्त्र,निष्पक्ष र धाँधलीरहित बनाउन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न युवाहरुले हरेक बुथमा स्वयंसेवक खटाउनुपर्छ ।’
मधेस प्रदेशस्तरीय निर्वाचन परिचालन कमिटी गठन तथा बृहत आमसभामा विभिन्न पार्टी परित्याग गरि हजारौं नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रेबश गरेका छन् । नब प्रबेसिहरु लाई प्रमुख अतिथि तथा पार्टी अध्यक्ष केपि शर्मा ओलिले टिका लगाएर पार्टीमा स्वागत गरेका छन् ।
राष्ट्रिय युवा संघ नेपाल मधेस प्रदेश कमिटि अध्यक्ष मोबिन आलमको अध्यक्षतामा सम्पन्न कार्यक्रम नेकपा एमालेका पोलिट्ब्युरो सदस्य सुमनराज प्याकुरेल ,राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय संयोजक महेश बस्नेत ,केन्द्रिय अध्यक्ष किरण पौडेल नेकपा एमाले केन्द्रिय सदस्य तथा सप्तरी इन्चार्ज दिवाकर देबकोटा ,केन्द्रिय सदस्य तथा सप्तरी सह इन्चार्जहरु राजकुमार लेखि ,सरिता गिरि लगायतले मन्तव्य राखेको कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य तथा सप्तरी इन्चार्ज मनिष श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।
Add Comment