खगेन्द्र कार्की –
फत्तेपुर । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा (एमाले) जसपा गठबन्धनबाट सप्तरी क्षेत्र नम्बर १ (क) बाट प्रदेश सभा सदस्य पदको लागि साझा उम्मेदवारी बनेका नेकपा एमालेका नेता राजकुमार लेखिले आफु विजयी भए समृद्ध र भ्रष्टाचार मुक्त प्रदेश बनाउने प्रणका साथ आफुले उम्मेदवारी दिएको बताएका छ्न।
सप्तरी १ नम्बर क्षेत्रको चौतर्फी बिकासको काम गर्ने योजना सहित युवा पुस्तामा चर्चित लोकप्रिय युवा नेता लेखिको प्रदेशमा पहिलो एजेण्डा समृद्ध समाज भ्रष्टाचार मुक्त प्रदेश सुशासन कायम गर्नु र कृषिमा प्रचुर सम्भावना भएको मधेस प्रदेशमा कृषिमा यान्त्रिकिकरण गरेर उत्पादन बढाउने, पर्यटकिय स्थानको पहिचान गरि दिगो विकास गर्ने , शिक्षामा पछाडिएको प्रदेशमा शैक्षिक सुधार गर्दै सरकारी बिधालयमा कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गरि स्वास्थ्यमा सुधार गर्ने, प्रदेश भरिका बेरोजगार युवाहरुलाई रोजगार मुलक तालिम दिइ स्वरोजगारी बनाउने, शुसासन कायम गर्दै प्रदेशबाट अधिकतम् सेवा दिने व्यवस्था मिलाउने प्रतिवद्धता समेत प्रदेश सभा सदस्य पदका उम्मेदवार लेखिले राखेका छ्न ।
लामो समयदेखि आदिबासि जनजातिको उत्थानका लागि काम गर्दै विभिन्न मोर्चा सम्माल्दै सामाजिक क्षेत्रमा काम गर्दै आएका लेखि असहाय ,दुखी गरिब ,पीडितहरुलाई न्याय दिलाउन सहयोग गर्दै आएका लेखि नेकपा एमालेका केन्द्रिय सदस्य तथा सप्तरी सह इन्चार्ज हुन । २०४० सालमा ओद्राहा स्कुलबाट विद्यार्थी राजनीतिबाट राजनीति जिबन शुरु गरेका लेखि २०४८ सालमा नेकपा एमाले को सङ्गठित सदस्य हुन ।
सप्तकोसी नगरपालिका वडा म्बर ५ घर भएका एमालेका युवा नेता लेखि अवको नेतृत्व युवाले गर्न सके यो क्षेत्रमा समृद्धि छाउने बताउछन ।
नेकपा एमाले केन्द्रिय सदस्य तथा सप्तरी सह इन्चार्ज राजकुमार लेखि सप्तरी जिल्ला क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्य पदको चुनावी मैदानमा उत्रिएका छन् ।
मनोनयन दर्तासँगै लेखि चुनावी कार्यक्रम तय गरेर गाउँटोल मतदाताको घरदैलोमा पुग्न थालेका छन् । नेता तथा कार्यकर्तालाई चुनावी अभियानमा परिचालन गरिरहेका छन् । प्रदेशसभा सदस्य पदमा क्षेत्र नम्बर १ क बाट सप्तकोसी नगरपालिकाबाट लेखिले उम्मेदवार दिएका छ्न ।
सहिद दिलिप प्रतिठानको संस्थापक अध्यक्ष समेत रहेका लेखि दर्जनौं संघ सस्थाको सफल नेतृत्व समेत गरिसकेका उनी १ नम्बर क्षेत्रको लागि अब्बल उम्मेदवार को रुपमा परिचित छ्न ।
पहिलो प्रदेश सभा निर्वाचनमा दोस्रो मत ल्याएर पराजय भोगेका लेखि जित्ने दाउमा रहेका छ्न। बिगत ४० बर्ष देखि विभिन्न संघ संस्थाको अग्रणी मोर्चामा रहि देश र जनताको सेबा गरि सकेका लेखि एमालेको जुजारु युवा नेताको रुपमा परिचित छन ।
आदिबासि जनजाति महासंघको अध्यक्ष हुँदा आदिबासी जनजाति जनताको हक अधिकार र उत्थानको लागि काम गरेर लोकप्रिय बनेका लेखि क्षेत्र नम्बर १ को प्रदेश सभा सदस्य पदको लागि अब्बल उम्मेद्बार मानिन्छन। सप्तरी क्षेत्र न १ प्रदेश सभा सदस्य पदमा सप्तकोसीबाट नेकपा एमाले गठबन्धनका उम्मेदवार एमाले नेता राजकुमार लेखि स्वतन्त्र उम्मेदवार शम्भु बहादुर खड्काले उम्मेदवारी दिएका छ्न सत्ता गठबन्धनबाट नेकपा माओवादीका बेचन प्रसाद चौधरी, जनमतबाट शिबनन्दन महतो, लोसपाबाट तुलसि प्रसाद चौधरी, राप्रपाबाट राजेश परियार र स्वतन्त्र पुर्ब मन्त्री हेमराज तातेडले लगायतले क्षेत्र नम्बर १ क मा प्रदेश सभा सदस्य पदको लागि उम्मेदवारी दिएका छ्न्।
को हुन राजकुमार लेखी
सहिद दिलिप प्रतिठानको संस्थापक अध्यक्ष, जनहित प्राथमिक बिद्यालय गङ्गाजलीको संस्थापक, बिस्लेसन साप्ताहिक ,जनमन्च साप्ताहिक , समकालीन साप्ताहिक मा सम्बादाता र सहारा साप्ताहिकको सम्पादक, २०५५ सालमा नेकपा एमाले सप्तरी काठमाडौं सम्पर्क मन्चको अध्यक्ष, एमाले जनबर्गिय सङठन, लोकतान्त्रिक जनजाती आदिवासी जनजाती महासंघ नेपालको संस्थापक, केन्द्रिय सचिबालय सदस्य, नेकपा एमाले केन्द्रिय कमिटीको संघीय मामिला बिभाग सदस्य, नेकपा एमालेको जनसङ्गठ्न प्रजातान्त्रिक राष्ट्रिय युबा नेपालको केन्द्रिय प्रचार बिभाग सदस्य, २०६३ सालमा थारु कल्याणकारी सभाको केन्द्रिय महामन्त्री २०६६ सालमा नेपाल आदिवासी जनजाती महासघको केन्द्रिय अध्यक्ष भइ सफल नेतृत्व गरि नेपाल को ६८ जिल्लाको गाउँ बस्ति र सदरमुकाम पुगेर पार्टी सङ्गठ्नको अभियानमा सक्रिय रहेका लेखि जर्मनी , फ्रान्स , जापान , भिएतनाम, इन्डोनेसिया , फिलिपिन्स , सिङ्गापुर , युएई कतार , युसए , साउथ अफ्रिका लगायतका २२ वटा देशमा जनजाती नेताको रुपमा प्रतिनिधित्व गरिसकेका छन् ।
लामो समय देखि विभिन्न अग्रणी मोर्चामा रहि देश र जनताको सेबा गरि सकेका लेखि एमालेको जुजारु नेताको रुपमा परिचित छन ।
एमालेबाट लेखिको उम्मेदवारी किन ?
प्रदेशमा रहेको अशिक्षा बेरोजगारी, भ्रष्टाचारको अन्त्य ,स्वास्थ्यको सेबाको भरपर्दो पहुँच नभएकाले यस क्षेत्रका जनताको उपचारको लागि धरान बिराटनगर जानुपर्ने बाध्यताको अन्त्य, कृषकलाई समयमा मल खाध उपलब्ध गराउ जनताको आधार भुत आवश्यकतालाई परिपूर्ति गर्न मेरो उम्मेदवारी रहेको लेखि ले बताए ।
Add Comment